विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को कोरोना (कोभिड–१९) राहत कोषमा १ करोड  ६० लाख रुपैयाँ संकलन भएको छ । इपानमा आवद्ध ऊर्जा उत्पादकहरूले अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग रकम कोषमा जम्मा गरेका हुन् । 

मंगलबारसम्म १ करोड ६० लाख ५६ हजार ९ सय १८ रुपैयाँ राहत कोषमा जम्मा भएको इपानले जनाएको छ । इपानका अनुसार व्यक्तिगत र संस्थागत गरी ४५ जनाले राहत कोषमा न्युनतम ९८ हजार २ सय ४१ रुपैयाँ देखि अधिकतम १० लाख रुपैयाँसम्म सहयोग गरेका छन् । 

राहत कोषमा संलन भएको रकम कोरोना संक्रमितको उपचारका लागि अक्सिजन प्लान्ट स्थापना गर्न खर्च गरिनेछ । कोरोना महामारीको समयमा मानव जीवन रक्षा गर्नु नै पहिलो प्राथमिकता भएको भन्दै इपानले अक्सिजन प्लान्ट स्थापना गर्न राहत कोष स्थापना गरेको हो । 

राहत कोषमा जम्मा भइरहेको सहयोग रकम अक्सिजन प्लान्ट स्थापना गरी उपत्यकाका सरकारी तथा सामुदायिक अस्पतालमा अक्सिजन वितरण गरिने पनि इपानले जनाएको छ । निर्माणाधीन जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा कामदार पनि संक्रमित हुने क्रम बढेकाले उनीहरूको सहज उपचारका लागि पनि राहत कोषको रकम खर्च गरिनेछ । 

आयोजना स्थलमा खटिने कर्मचारी तथा कामदारको उपचारका लागि साना ठूला अक्सिजन सिलिण्डर, अक्सोमिटर, पिपिइ किट, मास्क तथा औषधी खरिद गरी सम्बन्धित जिल्ला अस्पतालहरूमा पढाइने भएको छ । इपानले गत वर्ष पनि सरकारी राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ संकलन गरी सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३