विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८२ ब‌ैशाख ११, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले चालु आर्थिक वर्ष (आव २०८१/८२, सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । गत आव २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो । आगामी आर्थिक वर्ष २०८२/८३ मा भने नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने एडिबीको प्रक्षेपण छ । एडिबीले हालै सार्वजनिक गरेको ‘एसिएन डेभलपमेन्ट आउटलुक–२०२५’ (एसियाली विकास परिदृश्य २०२५) प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदरबारे उक्त प्रक्षेपण गरेको हो । 

‘आन्तरिक माग क्रमशः लयमा फर्कनु, निजी क्षेत्रले गरेको अपेक्षाको सम्बोधन हुनु, पर्यटनसम्बद्ध सेवाहरूको पुनरुत्थान हुनु जस्ता कारणले  नेपालको आर्थिक वृद्धि प्रक्षेपणमा सुधारलाई गति दिने देखिएको छ,’ एडिबीका राष्ट्रिय निर्देशक आनी कोरवाले भने, ‘गत आर्थिक वर्षमा संकुचित भएका औद्योगिक उत्पादन, निर्माण क्षेत्र, पेट्रोलियम तथा कच्चा पदार्थको मूल्य स्थिरता, लगानीयोग्य पुँजीको उपलब्धतालगायत क्षेत्रमा  चालू आर्थिक सकारात्मक प्रभाव देखिने छ ।’ त्यस्तै, घट्‌दो ब्याजदरका कारण उत्पादनमूलक क्षेत्रहरूमा कर्जा विस्तारका लागि मार्ग प्रशस्त हुँदै गएकोले चालू आर्थिक वर्षको वृद्धिदर बढ्ने अनुमान गरिएको उनको भनाइ छ । 

उक्त प्रतिवेदनबारे जानकारी दिन बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा एडिबीको नेपाल आवासीय मिशनका प्रमुख अर्थशास्त्री इआन हान्सेनले प्रतिवेदनले एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिदर भने चालू आवमा खुम्चिने प्रक्षेपण गरिएको बताए । यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिले नकारात्मक प्रभाव पार्ने अनुमान गरिएको उनको भनाइ थियो । 

नेपालका सुस्ताएको निर्माण क्षेत्रमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कर्जा प्रवाह बढेको, पछिल्लो समय नेपालमा ऊर्जा (विद्युत्) का उपलब्धता बढ्दै जाँदा उत्पादनमूलक उद्योगको उत्पादन बढ्ने, यस्ता उद्योगमा कर्जा प्रवाहसमेत बढ्ने सम्भावना रहेकोले पनि चालु आवको आर्थिक वृद्धि बढ्ने अनुमान रहेको एडिबीको नेपाल आवसीय मिशनका अर्थशास्त्री मानवरसिंह खड्काले बताए ।

एडिबीका अनुसार सरकारले गर्ने पूँजीगत बजेट कार्यान्वयनको अवस्था, पर्यटन र यससँग सम्बन्धित सेवाहरूमा प्रगति तथा यान्त्रिकरण र उन्नत सिँचाइ सुविधा तथा अनुकुल मनसुनमा निर्भर कृषि उत्पादकत्व वृद्धिबाट नेपालको वृद्धिदर निर्देशित हुने छ । 

चालु आर्थिक वर्ष नेपालको मुद्रास्फीतिमा कमी आउने प्रक्षेपण पनि आउटलुकले गरेको छ । त्यसअनुसार मुद्रास्फीति केन्द्रीय बैंकले तोकेको सीमामा रहने अनुमान गरिएको छ । कृषि उपजको उत्पादन राम्रो रहने र सबैभन्दा बढी आयात गरिने मुलुक भारतमा मुद्रास्फीति दरमा आएको गिरावटले मुद्रास्फीतिमा कमी आउने अनुमान गरिएको हो ।

उच्च विदेशी विनिमय सञ्चिति तथा विवेकशील मौद्रिक नीतिले नेपालको बाह्य क्षेत्रले चालु आवको पहिलो ६ महिनामा स्थायित्व प्राप्त गरेको एडिबीले जनाएको छ । 

चालु आवको पछिल्लो ६ महिनामा उच्च आयातका बाबजुद विप्रेषण आप्रवाह सुदृढ रहने, चालु खाता बचत कुल गार्हस्थ उत्पादनको ०.१ प्रतिशत रहने अपेक्षा गरिएको छ तर आगामी आवमा वस्तु र सेवाको आयात उच्च भएपछि चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको २.४ प्रतिशत बराबर रहने प्रक्षेपण गरिएको छ ।

प्रक्षेपित वृद्धिदर प्राप्तिका जोखिम

आर्थिक वृद्धिदरको प्रक्षेपित लक्ष्य प्राप्तिमा भने विभिन्न किसिमका जोखिम रहेको एडिबीले जनाएको छ । भन्सार महशुल बढ्ने क्रम जारी रहेमा विश्वव्यापी आर्थिक मन्दी आउन सक्ने र त्यसले नेपालको पर्यटन क्षेत्रबाट हुने आम्दानी र विप्रेपणलाई असर पु¥याउन सक्ने जनाएको छ । 

त्यस्तै, वैदेशिक सहयोगमा कमी आएमा विकास निर्माणका लागि विदेशी सहायतामा निर्भर नेपालको आर्थिक वृद्धिमा नकारात्मक असर पर्न सक्छ । पुँजीगत बजेट कार्यान्वयन कमजोर भए वृद्धिदरमा समेत नकारात्मक असर पुग्ने देखिन्छ । 

आर्थिक वृद्धिका यस्ता आधारभूत पूर्वानुमानहरू अप्रिल २ मा अमेरिकी ट्रम्प प्रशासनले नयाँ भन्सार महसुल घोपणा हुनु अगाडि तय गरिएको पनि एडिबीले स्पष्ट पारेको छ । यद्यपि, आउटलुक प्रतिवेदनले एसिया र एसिया प्रशान्त क्षेत्रमा बढ्दो महसुलको सम्भावित असरसम्बन्धी विश्लेपण समेटेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३