विद्युत अपडेट

  • प्राधिकरण : ६३५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९८८१ मे.वा.घन्टा
  • आयात : १३६०६ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३५२११ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १६१६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण सकिन लागेको २२० केभी कोसी कोरिडोर प्रसारण लाइन ३३ केभीमा सञ्चालन गर्ने भएको छ । २२० केभी इनरुवा सबस्टेसन तयार नहुन्जेल भोजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित जलविद्युतगृहको खेर गइरहेको विद्युत प्रणालीमा ल्याउन प्रसारण लाइनको तुम्लिङटार–इनरुवा खण्ड ३३ केभीमा ट्यापिङ गरी सञ्चालन गर्न लागिएको हो ।

अहिले यो प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । प्रसारण लाइनका सबै ३२६ वटा टावर निर्माण भइसकेका छन् । अब तेह्रथुममा प्रसारण लाइनको करिब १ किलोमिटर तार तान्न बाँकी रहेको आयोजना प्रमुख राजन ढकालले बताए । यो काम सम्पन्न गर्न बढीमा १ साता लाग्ने उनले बताए ।

‘प्रसारण लाइन २२० केभीमै सञ्चालन गर्नका लागि इनरुवा सबस्टेसन तयार भइसकेको छैन,’ उनले ऊर्जा खबरसँग भने, ‘कोसी कोरिडोरमै जोडिने गरी विद्युत खरिद सम्झौता गरेका जलविद्युत आयोजना पूरा हुन अझै समय लाग्ने भएकाले सबस्टेसन तयार हुन्जेल कुर्न पनि सकिन्थ्यो । तर, यस क्षेत्रमा निजी ऊर्जा उत्पादकहरूको उत्पादन खेर गइरहेकाले यो समस्या समाधानका लागि प्रसारण लाइन ३३ केभीमा सञ्चालन गर्ने निर्णयमा पुगेका हौं ।’ 

प्रसारण लाइनको तार तान्ने काम सम्पन्न गरी साउनभित्रै सञ्चालन गरिने पनि उनले बताए । उनले संखुवासभाको पिलुवा नजिकैबाट प्रसारण लाइनलाई ३३ केभीमा ट्यापिङ गरी चतरासम्म लगिने बताए । त्यहाँबाट ३३ केभी चतारा–धरान प्रसारण लाइनमार्फत धरान सबस्टेसनसम्म लगि वितरण गरिनेछ । यो प्रसारण लाइनमा कन्डक्टर अपग्रेड गर्ने कार्य प्राधिकरणले गरिरहेको छ ।

अहिले चालू अवस्थामा रहेको ३३ केभी दुहबी–धरान–धनकुटा–तेह्रथुम–संखुवासभा–भोजपुर प्रसारण लाइन ‘ओभर लोड’ हुँदा यस क्षेत्रमा उत्पादन हुने २२ मेगावाट विद्युत प्रणालीबाट बिच्छेद हुँदै आएको छ । ७ जलविद्युत केन्द्रबाट ३३ मेगावाट विद्युत उत्पादन हुँदै आएकोमा ११ मेगावाट मात्रै प्रणालीमा जोडिएको छ ।

प्रसारण लाइनले सबै विद्युत बोक्न नसक्दा जलविद्युतगृह कम क्षमतामा चलेका छन् । भोजपुरमा १३ मेगावाटका २, संखुवासभामा १२ मेगावाटका ४ र तेह्रथुममा साढे ७ मेगावाटको एउटा जलविद्युत केन्द्र सञ्चालनमा छन् । यी जलविद्युत केन्द्रले हिउँद याममा उत्पादन गर्ने विद्युत ३३ केभी प्रसारण लाइनले बोक्न सके पनि बर्खामा सधै विद्युत खेर जाने गरेको छ ।

आयोजना प्रमुखको सक्रियताकै कारण कोसी कोरिडोर सम्पन्न भई सञ्चालनमा आउन लागेको साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत केन्द्रको प्रवर्द्धक तेह्रथुम पावर कम्पनीका प्रबन्ध निर्देशक मोहनकुमार डाँगीले बताए । उनले कोसी कोरिडोर सञ्चालनमा आएपछि  अहिले खेर गइरहेको सबै विद्युत प्रणालीमा आई प्रवर्द्धकले भोग्दै आएको समस्या समाधान हुने बताए ।

प्रसारण लाइन अन्तर्गत पर्ने बानेश्वर र तुम्लिङटार सबस्टेसन सम्पन्न भइसकेका छन् । कोरिडोर अन्तर्गत प्रसारण लाइनको २२० ढुंगेसाँघु–बसन्तपुर खण्ड पनि ६० प्रतिशत पूरा भएको छ । ताप्लेजुङको ढुंगेसाँघुदेखि तेह्रथुमको बसन्तपुरसम्म पर्ने ३५ किलोमिटर लामो यस खण्डमा १ सय ३२  वटा टावर निर्माण हुँदैछन् ।

भारतीय एक्जिम बैंकको सहुलियत ऋणमा २०७४ कात्तिकदेखि कोरिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । प्राधिकरणले निजी क्षेत्रका ५ सय १६ मेगावाटका २८ जलविद्युत आयोजनाको विद्युत यही प्रसारण लाइनमा प्रवाह गर्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । यो कोरिडोरमा जोडिने आयोजना अहिले निर्माणको विभिन्न चरणमा छन् ।

प्रसारण लाइन पूरा भएपछि यहाँबाट २ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ । प्रसारण लाइन तथा सबस्टेसन पूरा गर्न ८ करोड अमेरिकी डलर (करिब ९ अर्ब ७२ करोड रुपैयाँ) खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit