विद्युत अपडेट

  • प्राधिकरण : ९८८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८८१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २२३९७ मे.वा.घन्टा
  • आयात : ३७८० मे.वा.घन्टा
  • निर्यात : ३०५२ मे.वा.घन्टा
  • ट्रिपिङ : २०४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२१२ मे.वा.
२०८२ जेठ २६, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
माधव कोइरालालाई एनइए इन्जिनियरिङको मुख्य जिम्मेवारीमा पठाइयो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उपकार्यकारी निर्देशक माधवप्रसाद कोइरालालाई एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडको मुख्य जिम्मेवारी तोकेको छ । प्राधिकरण सञ्चालक समितिको मंसिर १२ गतेको निर्णयअनुसार उनलाई काजमा उक्त जिम्मेवारीमा खटाएको हो ।

सञ्चालक समितिले १२ गते निर्णय गरे पनि जिम्मेवारी सम्हाल्ने गरी उनलाई मंसिर १६ गते (मंगलबार) मात्र पत्र दिइएको छ । कोइराला हाल इन्जिनियरिङ निर्देशनालयको जिम्मेवारीमा छन् । सम्भवतः बिहीबार काज तोकिएको ठाउँमा हाजिर हुने उनले ऊर्जा खबरलाई बताए ।

यसअघि कम्पनीको मुख्य जिम्मेवारी (प्रबन्ध सञ्चालक) मा हितेन्द्रदेव शाक्य थिए । उनलाई काज फिर्ता बोलाएर प्राधिकरणको कामु कार्यकारी निर्देशक तोकेपछि कम्पनीको पद रिक्त थियो । कोइरालाले यसअघि लामो समय चिलिमे र यसअन्तर्गतका कम्पनीमा रहेर काम गरेका थिए ।

सेवा प्रवेशदेखि प्राधिकरणका विभिन्न आयोजनामा कार्यरत रहेका कोइराला २२ मेगावाटको चिलिमे आयोजनाको अध्ययनमा २०५० सालदेखि संलग्न रहेका थिए । चिलिमेको निर्माण पूरा भई विद्युत् उत्पादन सुरु भएपछि रसुवागढी जलविद्युत् कम्पनीमा काम सुरु गरेका थिए ।

रसुवागढी कम्पनीको विभिन्न जिम्मेवारी हुँदै प्रमुख कार्यकारी अधिकृतसम्म पुगेका कोइराला करिब एक वर्ष चिलिमे जलविद्युत् कम्पनीको प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका थिए । १२औं तह (उपकार्यकारी निर्देशक) मा बढुवा भएपछि उनी गत वर्ष मात्र प्राधिकरण फर्केका थिए ।

व्यवस्थापन तथा नेतृत्वमा निपुण मानिने उनी निर्णय क्षमतामा पनि उतिकै काबिल मानिन्छन् । एनइए इन्जिनियरिङमा गएपछि प्राधिकरणभित्रको इन्जिनियरिङ निर्देशनालय र चिलिमे इन्जिनियरिङ कम्पनीसँग पनि समन्वय गरेर काम गर्ने उनले बताए ।

अहिले एनइए इन्जिनियरिङले बेतन कर्णाली, फुकोट कर्णाली, जगदुल्ला, किमाथांका अरुण लगायत एक दर्जन आयोजना अध्ययन गरिरहेको छ । साथै, सुनकोसी–मरिन जस्ता बहुउद्देश्यीय आयोजना अध्ययनमा समेत सरकारलाई सघाइरहेको छ । पछिल्लो समय देशभित्र इन्जिनियरिङ (परामर्श) क्षेत्रको गुणस्तरीय विकास हुँदै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३