विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ९, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको बिजुली प्रयोग गरी प्रिमियम महसुल बाँकी राखेका भैरहवा औद्योगिक क्षेत्रका ४ वटा उद्योगले बक्यौता भुक्तानी गरेका छन् । 

सो क्षेत्रमा सञ्चालित यशोदा फुड्स प्रालिले ४ लाख २५ हजार २३१ रुपैयाँ, सोना प्याकेजिङ उद्योगले ३ लाख ५५ हजार ६७ रुपैयाँ, सोना पोलिमर्स इन्डस्ट्रिजले ३ लाख ४६ हजार ३८९ रुपैयाँ र जयदुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२ रुपैयाँ बक्यौता भुक्तानी गरेकाे प्राधिकरण स्राेतले बताएकाे  छ ।  

स्राेतका अनुसार प्रिमियम महसुल दरअनुसार नेपाल विद्युत् प्राधिकरणले जारी गरेको छुट विल अनुसार २५ प्रतिशत जरिवानासहित यी उद्योगले बक्यौता बुझाएको हुन् । 

प्राधिकरणले तिर्नुपर्ने दावी गर्दै आएकाे र औद्याेगिक ग्राहकले तिर्नुपर्ने आधार नदेखिएकाे भन्दै नतिर्ने अडानका लिएका कारण डेडिकेटेड फिडर र ट्रङ्क लाइनबाट सेवा लिएका ग्राहकले तिर्नुपर्ने महसुललाई विवादकाे विषय बनाइँदै आएकाे छ । झण्डै ५ दर्जन उद्याेगले यस्ताे महसुल तिर्न बाँकी रहेकाे प्राधिकरणले बताउँदै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३