विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युत समूहतर्फको ५ अर्ब रुपैयाँ बढी मूल्यको साधारण सेयर निष्कासन हुँदैछ । निर्माण सम्पन्न भइ विद्युत उत्पादन गरिरहेका तथा अहिले निर्माणको विभिन्न चरणमा रहेका जलविद्युत आयोजनाका २० प्रवर्द्धक कम्पनीले प्रभावित क्षेत्रका स्थानीयबासी र सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफाँड गर्न लागेका हुन् ।

यी जलविद्युत कम्पनीले ५ अर्ब ९ करोड १ लाख ७७ हजार ४ सय रुपैयाँ मूल्यको ५ करोड ९ लाख १ हजार ७ सय ७७ कित्ता साधारण सेयर निष्कासनको स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गरेका छन् । बोर्डको स्वीकृतिपछि नै पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कास गरी बाँडफाँड गर्ने यी कम्पनीको योजना छ ।

प्रतिकित्ता सेय रुपैयाँमा सेयर निष्कासन गर्ने तयारी गरिरहेका १० कम्पनीले आवेदन मात्रै दर्ता गराएका छन् । बोर्डले यी मध्ये २ कम्पनीसँग थप कागजात पेश गर्न आग्रह गरेको छ । थप १० जलविद्युत कम्पनी सेयर निष्कासनको स्वीकृति पाउन पूरा गर्नुपर्ने प्रक्रियाको अन्तिम चरणमा छन् ।

सेयर निष्कासन गर्ने तयारीमा रहेका कम्पनीमा मोलुङ, थ्रीस्टार, कुथेली भुखारी, सिक्लेस र सुपर माई हाइड्रो पावर कम्पनी छन् । मोलुङले ३५ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्दैछ । कम्पनीले आफ्नो आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र सर्वसाधारणका लागि यो सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले निर्माण गरेको ७ मेगावाटको मोलुङ खोला आयोजना सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

थ्रीस्टारले १२ लाख ३१ हजार २ सय ५० कित्त साधारण सेयर निष्कासन गर्दैछ । यो कम्पनीले पनि प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो ।कुथेली भुखारीले २ लाख ४३ हजार ७ सय ३५ कित्ता साधारण सेयर निष्कासन गर्दैछ । कम्पनीले निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको कुथेली साना जलविद्युत आयोजनाको सेयर स्थानीयबासी र सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ ।

१३ मेगावाटको मद्क्यु खोला जलविद्युत आयोजनाको प्रवद्र्धक सिक्लेसले प्रभावित क्षेत्रका स्थानीयबासी र सर्वसाधारणका लागि २ लाख कित्ता साधारण सेयर निष्कासन गरी बाँडफाँड गर्नेछ ।  ७.८ मेगावाटको सुपरमाई जलविद्युत आयोजनाको सफल निर्माण गरी लामो समयदेखि विद्युत उत्पादन गरिरहेको सुपर माई हाइड्रो पावरले पनि साधारण सेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ । यो कम्पनीले इलाममा  सञ्चालित आयोजनाको १० लाख कित्ता साधारण सेयर निष्कासन गर्दैछ ।

यस्तै, सान्जे जलविद्युत र रसुवागढी हाइड्रो पावर कम्पनीले पनि रसुवाका स्थानीयका लागि साधारण सेयर निष्कासनको प्रक्रिया अघि बढाएका छन् । २ चरणमा पहिले नै साधारण सेयर निष्कासन गरिसकेका यी दुई कम्पनीले अहिले रसुवाबासीका लागि मात्रै सेय निष्कासन गर्न लागेका हुन् । रसुवागढीले ६८ लाख ४२ हजार १ सय कित्ता साधारण सेयर निष्कासन हुँदैछ भने सान्जेनले ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँड गर्नेछ ।

यसअघि २ चरणको सेयर निष्कासन भई पहिले नै बाँडफाँड भएर अहिले दोस्रो बजारमा कारोबार समेत भइरहेको छ । रसुवागढीले निर्माण गरिरहेको १११ मेगावाटको रसुवागढी र सान्जेनले निर्माण गरिरहेका ५७.३ मेगावाटका २ आयोजना अन्तिम चरणमा पुगेका छन् ।

५ मेगावाटको पिखुवा खोला निर्माण गरी सञ्चालनमा ल्याइसकेको इष्टर्न हाइड्रो पावरले पनि स्थानीयबासी र सर्वसाधारणका लागि गरी १२ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासनको तयारी गरिरहेको छ । अर्को जलविद्युत कम्पनी पिपल्स पावरले ३० लाख ९९ हजार ७ सय ४० कित्ता साधारण सेयर निष्कासन गरेर बाँडफाँड गर्दैछ ।

सेयर निष्कासनको प्रक्रिया पूरा गर्नेक्रममा मन्दाकिनी हाइड्रोपावर, बिन्दबासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, दोर्दीखोला, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक, अप्पर हेवाखोला, सयपत्री हाइड्रोपावर, राप्ती हाइड ज्ञो एण्ड जनरल कन्स्ट्रक्सन, रिभरफस्ल पावर र स्वेतगंगा हाइड्रो पावर कम्पनी रहेका छन् । यी कम्पनीले पेश गरेको आवेदनमाथि प्रतिक्रिया जनाउँदै बोर्डले थप कागजात मागेको थियो । यी कम्पनीले थप कागजात बोर्डमा बुझाइसकेका छन् ।

बोर्डमा लामो समय नेतृत्व नहुँदा जलविद्युत कम्पनीले साधारण सेयर निष्कासनको अनुमाति पाउन सकेका थिएनन् । साधारण सेयर निष्कासनको अनुमति समयमा नपाउँदा निर्माणाधीन जलविद्युत आयोजनाको काममा आर्थिक अभावको समस्या देखिन थालेको छ । यही कारण पालो कुरिरहेका जलविद्युत कम्पनीलाई चाँडोभन्दा चाँडो सेयर निष्कासनको अनुमति दिनु पर्ने माग निजी ऊर्जा उत्पादकहरूले राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit