विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नवलपरासी सुस्ता पश्चिममा करिबि दुई वर्षदेखि सिमेन्ट उत्पादन गरिरहेको होङ्सी सिमेन्ट कारखानामा आगामी जेठभित्र विद्युत् पुर्याइने भएको छ । नेपाल विद्युत् प्राधिकरणले अहिलेसम्म त्यहाँ ग्रिड पुर्याउन सकेको छैन । कामलाई तीव्रता दिएकोकोले लक्षित समयभित्र बिजुली पुर्याउन सकिने प्राधिकरणले आश्वस्त पारेको छ ।

चिनियाँ र केही हिस्सा नेपाली लगानीमा स्थापना भएको उद्योगले २०७५ असारदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । यस उद्योगका लागि करिब ५० मेगावाट विद्युत् आवश्यक पर्ने कम्पनीको दाबी छ । यसमध्ये उद्योग आफैंले उत्पादन गरी करिब १२ मेगावाटमात्र उपयोग हुन सकेको जनाइएको छ ।

बर्दघाट सबस्टेसनबाट होङ्सी सिमेन्टसम्म करिब २० किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेमा बीचबीचमा स्थानीयको अवरोध हुँदा समयमा काम हुन नसकेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘अझै दुई वटा टावरको जग खन्न स्थानीयले दिएका छैनन्, हामीले वार्ता तथा छलफल गरिरहेका छौं,’ उनले भने, ‘बैशाखको अन्त्यसम्म पूरा गर्ने गरी हामीले कामलाई तीव्रता दिइएका छौं ।’

उद्योगमा विद्युत् पुर्याउन २०७३ बैशाखदेखि नर्मिाण सुरु गरिएको १३२ केभी बर्दघाट–सर्दी डबल सर्किट प्रसारण लाइनको निर्माण अहिले अन्तिम चरणमा रहेको प्राधिकरणले जानकारी दिएको छ । २० किलोमिटर क्षेत्रमा ६७ वटा टावर निर्माण गरिनेछ । निजी जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा अधिग्रहण लगायतका समस्याले समयमै काम पूरा गर्न नसकिएको प्राधिकरणको भनाइ छ ।

कम्पनीले अहिले सिमेन्ट उत्पादनको क्रममा उद्योगको भट्टीमा जम्मा हुने तापको उपयोग गरी १२ मेगावाट विद्युत् उत्पादन गरी उपयोग गरिरहेको छ । दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने कम्पनीमा बैंक अफ चाइना र चाइना मिङसेङ बैंकको जमानतमा नेपालका ७ बैंकले ७ वर्षका लागि १६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । ऋण लगानीको अगुवाई भने एनएमबी बैंकले गरेको छ । कम्पनीमा ६० प्रतिशत चिनियाँ, ३० प्रतिशत नेपाल र १० प्रतिशत सर्वसाधारणको लगानी छ ।

प्रसारण लाइन र सबस्टेसनसमेत गरी ५० करोड रुपैयाँमा निर्माण पूरा गर्ने गरी जोशी एन्ड मुडभरीलाई ठेक्का दिइएको छ । ठेकेदारको लापरबाहीले पनि काम पूरा गर्न समय लागेको प्राधिकरणको तर्क छ । यो डबल सर्किट लाइनको एउटाबाट होङ्सी र अर्कोबाट स्थानीयलाई विद्युत् उपलब्ध गराउने योजना छ ।

कम्पनीमा एनएमबी सहित नेपाल इन्भेष्टमेन्ट, प्रभू, एभरेष्ट र नेपाल एसबिआई बैंकले क्रमशः ६ अर्ब ७५ करोड, ४ अर्ब, ३ अर्ब, १ अर्ब २५ करोड र १ अर्ब रुपैयाँ लगानी भएको छ । लगानी बोर्डले चिनियाँ कम्पनीलाई नेपालमा लगानी गर्न सहजीकरण गरेको हो ।

लगानी बोर्ड र चिनियाँ कम्पनीबीच २०७४ भदौ १८ गते परियोजना लगानी सम्झौता (पिआइए) भएको थियो । ३६ करोड ९१ लाख अमेरिकी डलर लागतमा निर्माण भएको यो देशकै ठूलो सिमेन्ट उद्योग हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३