विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले १५ दिनभित्र यस क्षेत्रको सुशासन र विकासका लागि तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएका छन् । आज (असार ३१ गते) पदभार ग्रहण गर्दै उनले सहसचिव मधुप्रसाद भेटुवालको संयोजकत्वमा ९ सदस्यीय कार्यदल पनि गठन गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको दीर्घकालीन नीति कार्यान्वयनका लागि सहज वातावरण सिर्जना गरी यस क्षेत्रमा सुशासन तथा विकासका लागि तत्कालीन एवं दीर्घकालीन कार्ययोजना तयार गर्ने उद्देश्यले कार्यदल गठन गरिएको मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए । कार्यदलमा मन्त्रालय बजेट महाशाखाका सहसचिव सुशीलचन्द्र आचार्य, विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बराल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत रहेका छन् ।

यसैगरी, जल तथा तथा ऊर्जा आयोगको सचिवालयका एक सहसचिव, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्य तथा सदस्य सचिवमा मन्त्रालय ऊर्जा नीति महाशाखाका सिडिई राजु महर्जन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३