विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका-९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरेको छ । बि.स.२०२३ सालबाट सञ्चालनमा रहेको विद्युतगृहका उपकरणहरू पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चउरमा परिणत भएपछि त्यसको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरेको हो ।

करिब ७५ करोड रुपैयाँ अनुमानित लागतमा जीर्णोद्धार तथा आधुनिकीकरण परियोजनामार्फत, विद्युत्गृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रोमेकानिकल उपकरणहरूलाई आधुनिक तथा स्वचालित बनाइने छ । करिब ४०० रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो, बालुवालाई हटाएर त्यसको पुनस्र्थापनाको काम सुरु गरेको प्राधिकरणले जनाएको छ । 

साथै, जलाशयको दायाँ किनारतर्फबाट ५० क्युमेक पानी बहाव क्षमताको १२०० मिटर लम्बाइ भएको नयाँ बाइपास नहर निर्माण गरिएको छ । अहिले यही बाइपास नहरमार्फत विद्युत उत्पादन भइरहेको छ । नहर सञ्चालनमा रहेकोले विद्युत उत्पादन बन्द नगरी जलाशयमा भरिहेको माटो, बालुवा निकाल्ने काम जारी छ ।

गत बैशाखबाट सुरु भएको जलाशयको पुनस्र्थापना यही फागुनभित्रमा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । विद्युतगृहलाई स्वचालित बनाउने काम भने एक वर्षभित्रमा सम्पन्न हुनेछ । यसका लागि ठेक्का सम्झौता भई केही उपकरणहरू उत्पादनको क्रममा रहेका छन् भने पावर ट्रान्सफर्मरलगायतका उपकरणहरू केन्द्रस्थलमा आपूर्ति भइसकेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले पुनस्र्थापना कार्यको अनुगमन भ्रमण गरी तोकिएको समयमा सम्पूर्ण काम सक्न निर्देशन दिएका छन् ।

जलाशयको पुनस्र्थापना भएपछि विद्युतगृहलाई विद्युतको माग बढी हुने समय (पिक) मा दैनिक रुपमा ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिनेछ । हिउँदमा पिकिङको लागि पाइपास नहरबाट र जलाशयमा सञ्चित गरिएको पानी प्रयोग गरी विद्युत उत्पादन गर्न सकिनेछ ।

वर्षायाममा जलाशयलाई प्रयोगमा नल्याइने, खहरे खोलाहरूबाट आउने लेदोलगायतलाई रोक्न संरचना निर्माण गरिएको हुँदा विगतमा जस्तो बालुवा, माटो भरिन नपाउने केन्द्र प्रमुख बाबुराजा महर्जनले बताए । उनका अनुसार यसले गर्दा जलाशयको सञ्चित क्षमता गुम्न पाउँदैन् ।

बिदुर नगरपालिकाले जलाशय वरिपरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना तयार गरेको छ । जलाशयमा डुंगा चलाउने, खाली जग्गामा पैदलमार्ग तथा बँगैचा निर्माण गर्नेलगायतका योजना नगरपालिकाको छ ।

भारतीय अनुदानमा त्रिशूली जलविद्युत आयोजनाको निर्माण गरिएको हो । आंशिक जलाशय त्रिशूली जलविद्युत केन्द्रबाट वार्षिक रुपमा १६ करोड ३० लाख युनिट (१६३ गिगावाट घन्टा) विद्युत उत्पादन हुने गरी डिजाइन गरिएको छ । गत आर्थिक वर्ष (आव) २०७८÷७९ मा विद्युतगृहबाट १३ करोड ७१ लाख युनिट (१३७.१ गिगावाट) विद्युत उत्पादन भएको थियो । गत आवसम्ममा केन्द्रबाट ५ अर्ब ६९ करोड ३९ लाख युनिट विद्युत उत्पादन भएको छ ।

भारतीय रुपैयाँ १४ करोड सहयोगमा निर्माण भएको केन्द्रको सुरुको क्षमता २१ मेगावाट थियो । पछि यसको पुनस्र्थापनामार्फत क्षमता विस्तार गरी २४ मेगावाट पुर्याइएको हो । यो आयोजनाको क्यासकेडको रुपमा १५ मेगावाटको देवीघाट जलविद्युत केन्द्र पनि सञ्चालित छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit