विद्युत अपडेट

  • प्राधिकरण : ६८९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४१५० मे.वा.घन्टा
  • निजी क्षेत्र : १२३४२ मे.वा.घन्टा
  • आयात : १३२५१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २४०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९०३५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०१ मे.वा.
२०८१ चैत २३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल सरकारका पूर्व–सचिव एवम् वरिष्ठ कानुनविद् डा. त्रिलोचन उप्रेतीद्वारा लिखित ‘अन्तर्राष्ट्रिय कानुन र नेपालको जलस्रोत’ तथा यसैको अंग्रेजी अनुवाद ‘इन्टरनेशनल ल एन्ड नेपाल वाटर रिसोर्सेस’ नामक दुई पुस्तकको लोकार्पण गरिएको छ । फागुन १३ गते मङ्गलबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति डा. गंगाप्रसाद उप्रेती, लेखक लगायतले दुवै पुस्तकको संयुक्तरूपमा लोकार्पण गरेका हुन् ।

पुस्तकमा नेपालको जलस्रोतको अवस्था, प्रयोग, सम्भावना र अवसरबारे खोज तथा तिनको उपयाेग एवम् छिमेकी देशसँग पानी साझेदारीका मुद्दामा बहस गर्दा अपनाउनुपर्ने अन्तर्राष्ट्रिय अभ्यासहरू समेटिएको छ । जलस्रोतका अन्तर्राष्ट्रिय कानुन, अभ्यासमा टेकेर नेपालका नदीको तल्लो तटीय लाभ लिनुपर्ने पक्षलाई विशेषरूपमा उठाइएको छ ।

विभिन्न ८ अध्याय र अनुसूचीहरूमा विभक्त २२० पृष्ठको यस पुस्तकले जलस्रोत अर्थात् पानीका स्रोतको महत्त्व र यसबारे अन्तर्राष्ट्रिय प्रचलित कानुन र नेपालको सन्दर्भका धेरै पाटा खोतलेको छ । खासगरी, नेपालमा पानीको महत्त्व जलविद्युत्लाई बढी दिने गरिए पनि यसको सबैभन्दा ठूलो महत्त्व पिउने पानी (जीवनजल) कारूपमा विश्व परिवेशमा रहेको यर्थाथबोध गराउन खोजिएको छ । साथै, प्राथमिकताका आधारमा पानीको प्रयोगमा जोड दिनुपर्ने उल्लेख छ । 

पुस्तकमा ‘नेपालको जलस्रोत–यहाँका राष्ट्रहरूलाई वरदान वा श्राप’, ‘पानी र जवानी : नेपाली सन्दर्भ, नेपालको जलस्रोत सङ्क्षिप्त विवरण’, ‘नेपाल ग्रीन हाइड्रोजन ऊर्जा भविष्य’, ‘जलाशय आयोजनाको महत्त्व, नदी (जलस्रोत) सम्बन्धी अन्तर्राष्ट्रिय कानुन’, ‘वैकल्पिक पारवहन सुविधा’, ‘असीमित समयको अकुण्ठित पारवहन र बेग्लै व्यापार सन्धी’ जस्ता शीर्षकमा विभक्त पुस्तकको अन्तिममा ‘उपसंहार’ राखिएको छ ।

वाटर एसिया इन्टरनेशनल जाउलाखेलले प्रकाशन गरेको पुस्तकको नेपाली संस्करणको मूल्य ५ सय रुपैयाँ रहेको छ भने अंग्रेजी संस्करणको मूल्य २ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३