विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशभित्र विद्युत उत्पादनको परिमाण निरन्तर बढ्दै गएपछि भारतबाट हुने आयातमा ठूलाे मात्रामा गिरावट आएकाे छ । हिजाेका दिनमा कूल मागकाे झण्डै ६० प्रतिशतसम्म आयात गर्नुपर्ने बाध्यताका अगाडि यसरी गिरावट आउनु ठूलाे सुखद पक्ष हाे ।

देशभित्र हालसम्मकै ठूलो ४५६ मेगावाटकाे माथिल्लो तामाकोसी सहित निजी क्षेत्रले निर्माण गरेका जलविद्युत र साेलार आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिँदै गएपछि आयात गर्नुपर्ने परिमाणमा कमी आउन थालेकाे छ । नेपाल विद्युत प्राधिकरणले मंगलबार (माघ २५ गते) विद्युतको उच्च माग १६४७ मेगावाट हुँदा भारतबाट ३११ मेगावाट विद्युत आयात गरेर आपूर्ति व्यवस्थापन मिलाएको छ । यो आयात अघिल्लो वर्ष (२०७७ माघ २५ गते) यही दिनको तुलनामा ५३.५८ प्रतिशत (३५९ मेगावाट) कम हो ।

प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार गत वर्ष आजकै दिन भारतबाट ६७० मेगावाट विद्युत आयात गरेकाे थियाे । विद्युतको बढी माग हुने समयमा माथिल्लो तामाकोसीबाट पूर्ण क्षमता (४५६ मेगावाट) मै विद्युत उत्पादन भइरहेकाले आयात घटाउन सकिएको केन्द्रका उप–प्रबन्धक दीपक धितालले बताए ।

‘यो वर्ष पनि हिउँदको विद्युत माग व्यवस्थापन गर्न भारतबाट आयात गर्नुपर्ने बाध्यता छँदैछ,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, तुलनात्मकरूपमा हेर्दा तामाकोसी आएपछि आधाभन्दा बढी परिमाणको आयात घटाउन सकिएको छ ।’ उच्च माग हुने समयमा तामाकोसी, कालीगण्डकी ‘ए’, कुलेखानी जलाशय लगायत जलविद्युतगृह पूर्ण क्षमतामा चल्ने गरेकाले आयात घटेको उनकाे भनाइ छ ।

अन्य समयमा भने कुनै बेला उच्च माग हुने समयमाको तुलनामा केही बढी परिमाणमा पनि विद्युत आयात हुने गरेको उनले जानकारी दिए । गत वर्ष उच्च माग हुँदा भारतबाट अधिकतम ८५० मेगावाट विद्युत आयात गरिएको थियो ।

प्राधिकरणले गत वर्ष भारतबाट साढे २२ अर्ब रुपैयाँको विद्युत आयात गरेर आपूर्ति व्यवस्थापन मिलाएको थियो । यो आर्थिक वर्ष २०७६/७७ को तुलनामा ६७ प्रतिशत बढी थियो । यो वर्ष आन्तरिक विद्युत उत्पादनमा भएको वृद्धिले गत वर्षभन्दा ९ अर्ब रुपैयाँ बराबरको आयात घटाउन सकिने प्रक्षेपण प्राधिकरणले गरेको छ ।

मंगलबार विद्युत प्राधिकरणका जलविद्युतगृहबाट ५१३ मेगावाट विद्युत उत्पादन भएको छ । यो उत्पादन पनि अघिल्लो वर्ष यही दिनको तुलनामा ६६ मेगावाट बढी हो । प्राधिकरणका जलविद्युतगृहको गत वर्षको यही दिनको उत्पादन ४४७ मेगावाट थियो ।

प्राधिकरणका सहायक कम्पनीले निर्माण गरेका जलविद्युतगृहले उच्च माग हुने समयमा मंगलबार ४७३ मेगावाट विद्युत उत्पादन गरेको धितालले बताए । विद्युत प्राधिकरणले तामाकोसी र चिलिमेसँगै आधा स्वामित्व आएको ६० मेगावाटको खिम्तीलाई पनि सहायक कम्पनी अन्तर्गत राखेको छ ।

निजी क्षेत्रका जलविद्युतगृहले मंगलबार ३११ मेगावाट विद्युत प्रणालीमा दिएका थिए । निजी क्षेत्रका जलविद्युतगृहले मंगलबार प्रणालीमा दिएको योगदान अघिल्लो वर्ष यही दिनको तुलनामा ९८ मेगावाट बढी हो । तर, निजी क्षेत्रको विद्युत प्रणालीमा आएको अनुपातमा भने यो उत्पादन न्युन हो । गत वर्ष यही दिन निजी क्षेत्रका जलविद्युतगृहको उत्पादन २१३ मेगावाटमा झरेको थियो ।

निजी क्षेत्रले निर्माण गरेका नदी प्रवाही जलविद्युतगृहले बर्खामा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने गरे पनि हिउँदको उत्पादन ३० प्रतिशतभन्दा कम हुने गरेको छ । निजी क्षेत्रका जलविद्युतगृहले गत वर्ष हिउँमा इतिहासकै कम विद्युत उत्पादन गरेका थिए ।

यो वर्ष पनि नदी तथा खोलामा पानीको बहाव कम हुँदै गएपछि नदी प्रबाही जलविद्युत आयोजनाको उत्पादन घटेपछि नै प्राधिकरणले विद्युत आयात गर्न सुरु गरेको थियो । यो वर्ष सुख्खा याममा अधिकतम ३५० मेगावाटसम्म विद्युत आयात हुने अनुमान छ । हिउँदको विद्युत उत्पादनमा बृद्धि भई आयात प्रतिस्थापन हुँदै जाँदा आन्तरिक खपत भने बढेको छ । मंगलबार २ करोड ९२ लाख युनिट विद्युत खपत भएको केन्द्रले जनाएको छ । अघिल्लो वर्ष यदि दिनको खपत २ करोड ४४ लाख युनिट थियो । एक वर्षमा ४८ लाख युनिट विद्युत खपत बढेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३