विद्युत अपडेट

  • प्राधिकरण : ६८९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४१५० मे.वा.घन्टा
  • निजी क्षेत्र : १२३४२ मे.वा.घन्टा
  • आयात : १३२५१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २४०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९०३५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०१ मे.वा.
२०८१ चैत २४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

मुलुकको क्रेडिट–रेटिङले कुनै पनि देशको जोखिम स्तर कति छ भन्ने देखाउँछ । कुनै पनि लगानीकर्ताले लगानी गर्नुपूर्व त्यस देशको क्रेडिट–रेटिङ हेर्छन् । लगानीको अनुकूल वातावरण भए/नभएको हेरेपछि उक्त क्षेत्रमा राजनीतिक जोखिम कति छ ? यो कुरा इङ्गित गर्ने गर्छ । 

कुनै सार्वभौम देशको क्रेडिट जोखिमलाई मूल्याङ्कन गर्ने काम क्रेडिट–रेटिङले गर्छ । यो पक्ष राम्रो हुँदा अन्तर्राष्ट्रिय बजारमा वण्ड (ऋणपत्र) जारी गरी लगानी ल्याउन सजिलो हुन्छ । यसरी जारी गरिएका वण्डहरूमा विदेशी लगानीकर्ताले त्यो मुलुकको क्रेडिट–रेटिङ अनुसार जोखिम बहन गर्ने/नगर्ने निर्णय गर्छन् । अतः नेपालले वैदेशिक लगानी ल्याउन राम्रो क्रेडिट–रेटिङ आवश्यक हुन्छ । 

राम्रो र स्थिर क्रेडिट–रेटिङले त्यो देशको आर्थिक अवस्था सुदृढ भएको, नीति नियमहरू प्रतिस्पर्धात्मक र समय सान्दर्भिक भएको, सरकारी कम कारवाही विश्वासिलो र दिगो भएको, देशमा राजनीतिक स्थायित्व भएको कुरा इङ्गित गर्छ । यसले गर्दा अन्तर्राष्ट्रिय बजारबाट लगानी भियभयाउन सजिलो हुन्छ ।

हाल १९३ वटा सार्वभौम देशहरूमा १३२ वटाले आफ्नो क्रेडिट–रेटिङ गराएका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको क्रेडिट–रेटिङ गर्ने निम्न तिन एजेन्सीहरू रहेका छन् : 

१. मानक र गरिब (स्ट्यन्डर्ड एन्ड पुअर) 
२. फिच 
३. मुडिज

शीर्ष ३ मूल्याङ्कन एजेन्सीद्वारा प्रदान गरिएको क्रेडिट–रेटिङको विवरण :

नेपालको अहिलेसम्म क्रेडिट मूल्याङ्कन भएको छैन । यद्यपि, प्रयास नगरेको भने होइन । सन् २०१९ मा सम्पन्न लगानी सम्मेलनअगाडि क्रेडिट–रेटिङका लागि प्रयास भएको थियो तर समयाभावका कारण त्यतिबेला ‘स्याडो रेटिङ’ मात्र आयो । जसअनुसार नेपाल १८० वटा देशहरूमध्ये ११७ स्थानमा थियो । नेपालको सुशासन र नीतिगत तहमा सुधार भएको खण्डमा पूरा रेटिङ (फूल रेटिङ) पाउने कुरा थियो । यो बाहेक नेपालले ईआरसी (यूरो मनी क्रेडिट रिस्क) बाट पनि जोखिम मूल्याङ्कन गराएको थियो, जसमा नेपाल १८६ देशमध्ये १३५औँ स्थानमा थियो ।

नेपालले ईआरसी टायर–५ रेटिङ पाएको थियो । त्यसको मतलब रेटिङ ‘डि टू बी’ हुन्छ । यस्तो देशमा ‘डिफल्ट’को जोखिम बढी हुने, रेमिट्यान्स र विदेशी सहयोगको भूमिका बढी रहने, राजनीतिक स्थायित्व कम हुने हुन्छ । तेस्रो संस्करणको लगानी सम्मेलनका क्रममा पनि फेरि मुलुकको क्रेडिट–रेटिङको कुरा उठेको थियो । सम्मेलन सकियो, त्यो कुरा पनि सेलाएको छ । गत वैशाखमा भएको सम्मेलनका क्रममा सरकारले मुलुकको क्रेडिट–रेटिङ गराउने बाचा गरेको हो । यद्यपि, यसमा अझै काम शुरू भएको पाइँदैन । सरकारले बेलायती अनुदानमा अमेरिकी क्रेडिट कम्पनी फिचलाई नेपालको सार्वभौम रेटिङ गर्ने जिम्मेवारी तोकेको थियो । त्यो कम्पनी अहिलेसम्म नेपाल आएको छैन ।

क्रेडिट–रेटिङ किन ?

१. राम्रो सार्वभौम क्रेडिट–रेटिङ हुँदा अन्तर्राष्ट्रिय बजारमा सस्तोमा ऋणपत्र जारी गर्न र ठूलो पुँजी जुटाउन सकिन्छ । 
२. विकास वित्त संस्था (डीएमआई) बाट सस्तो ब्याजदरमा ऋण सहयोग पाउन सकिन्छ । 
३. लगानीकर्ताका लागि लगानी र प्रतिफलको सुनिश्चितता हुने हुँदा विदेशी लगानी आकर्षित गर्न सकिन्छ । 
४. सबै सीमापार व्यापार व्यवसायमा क्रेडिट–रेटिङ लागू हुन्छ । क्रेडिट–रेटिङ नराम्रो हुँदा वा नगरिँदा नेपालमा लगानीको जोखिम बढी देखिन्छ । विदेशी लाभकारीहरूले एलसी र ग्यारेन्टीमा पनि भुक्तानी सुनिश्चित गर्न ‘कन्फर्मेसन’ लगाउने गर्छन् । यसरी ‘कन्फर्मेसन चार्ज’ जोडिन गई लागत पनि बढ्न जान्छ । 
५. क्रेडिट जोखिम उच्च हुँदा वा नहुँदा मध्यकालीन र दीर्घकालीन लगानी भियभयाउन धेरै गाह्रो हुन्छ । भित्रिए पनि ब्याजदर र बीमाको प्रिमियम बढी भई लागत बढ्न जान्छ । 

अन्त्यमा, 
मुलुकको क्रेडिट–रेटिङले त्यस देशमा गरेको लगानी डुब्छ कि डुब्दैन भन्ने कुरा देखाउँछ । त्यसले लगानीकर्तालाई विश्वस्त पनि तुल्याउँछ । नेपालले योजनामा राखेका ठूला पूर्वाधार आयोजना निर्माण गर्न स्वदेशी पुँजीले मात्र सम्भव हुँदैन । त्यसका लागि विदेशी लगानी ल्याउनैपर्छ । विदेशी लगानीलाई आकर्षित गरिरहँदा क्रेडिट–रेटिङ राम्रो भएमा भरपर्दा लगानीकर्ता आउनुका साथै सस्तो ब्याजको लगानी पाउन सकिन्छ ।

मध्यकालीन र दीर्घकालीन आयोजनामा पनि लगानी भियभयाउन सजिलो हुन्छ । त्यसैले क्रेडिट–रेटिङलाई लगानीको पूर्वसर्तको रूपमा समेत लिन सकिन्छ । राज्यले यसको महइभ्वलाई बुझेर समयमै देशको क्रेडिट जोखिम मूल्याङकन गर्नुपर्ने देखिन्छ । अफसोच ! नेपालले क्रेडिट–रेटिङ गर्ने भनेकै एक दशक पुग्न लागिसक्यो । यस अवधिमा सरकारले तीन वटा लगानी सम्मेलन गर्‍यो तर राष्ट्रको रेटिङ गर्ने कुरा मात्र भए ।

नेपालमा लगानी गर्नका लागि प्रतिबद्धता गर्ने व्यक्ति तथा संस्था धेरै भए तर वास्तविक लगानी ल्याउनेको सङ्ख्या र आकार ज्यादै सानो छ । त्यो हुनुको कारण क्रेडिट–रेटिङ नहुनु पनि हो । क्रेडिट–रेटिङ गराउँदैमा ठूलो उपलब्धि प्राप्त भइहाल्ने होइन तर त्यसले विदेशी लगानीकर्तालाई आफ्नो आर्थिक हैसियत देखाउने स्पष्ट कागजात हुन्छ । आजसम्मका सरकारले यत्ति काम पनि नगर्नु दुर्भाग्य हो ।

हाल सम्झौता भएको क्रेडिट–रेटिङ कम्पनी ‘फिच’लाई आवश्यक सूचना दिई सक्दो चाँडो काम सम्पन्न गराउनु पर्दछ । नेपाल अहिलेसम्म ‘नन–रेटेड मुलुक’ हो । नन–रेटेड वा खराब रेटिङ भएका मुलुकमा लगानी आउन कठिन हुन्छ । अतः सरकारले १२ वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको हुँदा त्यो पूरा गर्न पनि प्रभावकारी रेटिङसँग विदेशी लगानीको सुनिश्चितता हुनैपर्छ । यसले राज्यलाई त प्रत्यक्ष फाइदा पुर्‍याउँछ नै परोक्षरूपमा सबै व्यवसायीहरू लाभान्वित हुन्छन् ।

लेखक, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) की सचिव हुन् । यो आलेख २०८१ साल असारमा प्रकाशित ‘ऊर्जा खबर’ अर्धवार्षिक पत्रिकाबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३