विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको उत्पादन बन्द गरेर बाँधभन्दा माथिल्लाे तटमा रहेको जलाशय सफाइ गरिएको छ । दोलखाको विगु गाउँपालिका–१ मा रहेको केन्द्रबाट हिउँदका लागि विद्युत् उत्पादन बढाउन विद्युत्‌गृह नै बन्द गरेर जलाशय सफाइ गरिएको हो । आइतबार बिहान ५ बजेदेखि साँझसम्म बाँध क्षेत्रमा पानी जम्मा गर्दै खोल्दै गरेर जलाशयमा जम्मा भएको बालुवा तथा गेग्रयान सफाइ गरिएको हो । 

विभिन्न खोला खोल्सीहरूमा आउने बाढी तथा पहिरोका कारण बाँधमा जम्मा भएको बालुवा लगायतका सामाग्री हटाउन सफाइ गरिएको केन्द्र प्रमुख पूर्णगोपाल रञ्जितले जानकारी दिए । २ किलोमिटर लामो बाँध क्षेत्रमा बालुवा र गेग्रान थुप्रिँदा जलाशयको आकार साँघुरिएको उनले बताए । 

‘वर्षात्‌मा त पर्याप्त पानी हुन्छ, हिउँदमा नदीमा पानी घट्दै जान्छ,’ उनले भने, ‘दिन र रातमा नदीको पानी जम्मा गरेर बढी विद्युत्‌को माग हुने समय बिहान र साँझमा उत्पादन बढाउन अहिले बाँध सफा गरेका हौँ ।’ अहिले मध्य–वर्षात्‌मा अन्य केन्द्रबाट समेत विद्युत् उत्पादन बढेकाले केन्द्रको उत्पादन बन्द गर्दा राष्ट्रिय प्रणालीमा समेत असर नगर्ने भएकाले यही बेला बाँध सफाइको तालिका बनाइएको उनले बताए । 

उनका अनुसार बाँधका ४ वटा ढोका पालैपालो खोलेर बालुवा बगाइएको हो । शनिबार दिनभर ढोका बन्द गर्दै खोल्दै गरेर बाँधमा जम्मा भएको सबै बालुवा बगाउने कार्यपछि विद्युत् उत्पादन नियमित भएकोे छ । यो वर्षको बाँध सफाइ पहिलो पटक हो । अब असोज १५ गते सफाइ गर्ने तालिका छ ।

बाँधमा डेढ मिटरसम्मको मोटाइमा जमेको बालुवाको तह र गेग्रयान बगाएर सफा पारिएको हो । ‘बाँध सफाइ गर्न साँझ ८ बजेसम्म लाग्ला भन्ने अनुमान थियो’ बाँध सरसफाइमा खटिएका इञ्जिनियर शिव दाहालले भने ‘तर नदीमा पानीको बहाव बढी भएकाले बगाउन सक्ने बालुवा बगाएपछि अपरान्ह ४ बजेदेखि नै बाँध र बालुवा थिग्राउने पोखरीमा पानी भर्न सुरु गरी ७ बजेदेखि विद्युत् उत्पादन नै नियमित भएको छ ।’ बाँध खोल्ने र भर्ने पनि प्रोटोकल हुन्छ त्यही अनुसार सावधानीपूर्वक गरिएको उनले बताए । 

‘लप्ची खोलामा निर्मार्णाधीन जलविद्युत् आयोजनाहरूले लामाबगरदेखिको माथिल्लो क्षेत्रमा सडक निर्माणका क्रममा निस्केको ढुङ्गा, माटो र पहिरो तामाकोसीमै आएकाले त्यो बगाएर माथिल्लो तामाकोसीकै बाँधमा ल्याएर भरिएको थियो । बाँध क्षेत्रमा बालुवा बगाउनका लागि स्काभेटर जस्ता कुनै पनि उपकरण सडक असुविधाले लैजान सक्ने अवस्था छैन । बाँध क्षेत्रमा बालुवाको तह बढेकाले बाँधको लम्माइ र पानी जम्मा हुने मात्रा समेत घट्दै गएको छ । 

आयोजनाको बाँध नदीको सतहबाट १४ मिटर उचाइमा पानी भर्ने गरी डिजाइन गरेको छ । समुद्री सतहबाट १९७९ मिटरसम्म मात्रै बालुवा गेग्रान भरिनु पर्नेमा अहिले त्यसभन्दा ४ मिटर माथिसम्म भरिएको छ । यसले अर्धजलाशययुक्त आयोजना नदी प्रवाही जस्तो हुने भएकाले विगतभन्दा २ पटक सफाइ बढी हुन लागेको हो । केन्द्र प्रमुख रञ्जितले बाँधका ढोका बन्द गरेर पानी जम्मा गर्ने र खोल्ने गर्दा ठूला ढुङ्गा बाहेक अरु बगाएर लैजाने बताए । बालुवा बगाएपछि पानीको मात्रा बढी जम्मा हुँदा हिउँदको सुख्खा मौसममा बढी विद्युत् उत्पादन गर्न सकिन्छ । 

बाँधमा जम्मा भएको पानी फाल्ने जम्मा गर्ने गर्दा तामाकोसी नदीमा पानीको बहाव घटबढ भइरहन्छ । नदीको जलस्तर घटबढ हुँदा लामाबगरदेखि तल्लो तटीय क्षेत्रमा लुगा धुने, माछा मार्ने, मलामी जानेहरूका लागि सतर्कता अपनाउन सचना जारी गरेको थियो । 

भारी वर्षात्‌का कारण नदीको जलस्तर बढेर खतराको तह पार गर्दा पनि आयोजनाको उत्पादन बन्द गरेर अपर तामाकोसीले बाँधको ढोका खोल्ने गरेको छ । गत वर्ष असार १७ गते र असोज ११ र १२ गतेको भारी वर्षात्पछि पनि नदीमा बाढी आउँदा बाँधको ढोका खोलेर उत्पादन बन्द गर्दा अपर तामाकोसीका संरचना बचाएको थियो । तर बालुवा थिग्राउने पोखरीभन्दा माथि खोल्सीबाट आएको पहिरो र ठूला ठूला ढुङ्गा झरेर भने ठूलो असर गरेको थियो । अहिले पनि त्यसको पुर्ननिर्माणको काम जारी छ । बाढी आउँदा विद्युत् उत्पादन केन्द्रले सतर्कता नपनाउँदा एक महिनाअघि रसुवाको भोटेकोसीमा आएको बाढीले रसुवागढीसहित आधा दर्जन आयोजनामा ठूलो क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३