विद्युत अपडेट

  • प्राधिकरण : ९८८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०२११ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४२५७ मे.वा.घन्टा
  • आयात : ३५०७ मे.वा.घन्टा
  • निर्यात : ५०३८ मे.वा.घन्टा
  • ट्रिपिङ : १३८० मे.वा.घन्टा
  • ऊर्जा माग : ४९२४३ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २३१५ मे.वा.
२०८२ जेठ २१, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (चैत मसान्त) सम्म आफ्नो आम्दानी २५ प्रतिशतले बढाएको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा गरेको आम्दानी ९५ करोड १८ लाख रुपैयाँको तुलनामा २५ प्रतिशतले बढी हो । 

त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा ८७ करोड ७७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा ५१ करोड ५९ लाख रुपैयाँ थियो । 

यो त्रैमाससम्म कम्पनीको खुद नाफा ७ गुणाले बढेर ३५ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ४ करोड ४८ लाख रुपैयाँ रहेको थियो । 

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (इपिएस) ७.७६ रुपैयाँमा पुगेको छ । यस कम्पनीको सेयर लगानीकर्ताका लागि यो सकारात्मक सूचक हो । 

कम्पनीको प्रतिसेयर सेयरको बजार मूल्य १७६ रुपैयाँबाट बढेर २७३.०९ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ १०५.२० रुपैयाँबाट बढेर १०९.८५ रुपैयाँ पुगेको छ । मूल्य–आम्दानी (पिइ) अनुपात ४१ः४४ बाट घटेर ३५ः२० पुगेको छ । 

कम्पनीले सहायक कम्पनीहरूमा १६ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी पुँजी लगानी गरेको छ । आयोजना निर्माण प्रगति निरन्तर बढ्दै गएको छ, जसले भविष्यमा आम्दानी थप बढ्ने देखिएको छ । कम्पनीको कुल सम्पत्ति १३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । 

६ विद्युत् आयोजना सञ्चालनमा

कम्पनीले हालसम्म ६ वटा विद्युत् केन्द्रहरू व्यावसायिक रूपमा सञ्चालनमा ल्याइसकेको छ । यसले कम्पनीको आन्दानीमा स्थायित्व आउने देखाउँछ । कम्पनीले ८.५ मेगावाटको नौगाड गाड, ८ मेगावाटको माथिल्लो नौगाड गाड, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत् आयोजना, १ मेगावाटको ढल्बर सौर्य र १ मेगावाटको सिमरा सौर्य विद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै, ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनासमेत व्यावसायिक सञ्चालनमा आइसकेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३