विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । खोटाङ जिल्लाको विद्युत आपूर्तिको गुणस्तर सुधार तथा प्रणाली स्तरोन्नती गर्ने उदेश्यले निर्माण सुरु गरिएको ३३/११ केभीकाे वाक्सिला सबस्टेसन ४ वर्षदेखि अलपत्र परेको छ । नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत निर्माण सुरु भएको सबस्टेसन अलपत्र परेको हो ।

२०७२ मा जग्गा प्राप्ति गरी निर्माण सुरु भएको सबस्टेसनको काम ४ वर्षयता नभएको प्राधिकरण दिक्देल वितरण केन्द्र प्रमुख बिजयराज रेग्मीले बताए । उनका अनुसार जिल्लाको हलेसी र दिक्देल नगरपालिका, रावावेसी, एैसेलुखर्क, केपिलास गढी गाउँपालिकामा विद्युत सेवा गुणस्तरका लागि निर्माण सरू भएकाे सबस्टेसन अलपत्र परेको हो ।

‘४ वर्ष यता सबस्टेसनको काम भएको देखिएकाे छैन,’ उनले ऊर्जाखबरसँग भने, ‘निर्माण सुरु भइ आधाभन्दा बढी काम सम्पन्न भएपछि ठेकेदारले काम नगरेपछि आयोजना अलपत्र परेको हो ।’ सबस्टेसनको विल्डिङ बनाउने काम सकिएको छ । आधाभन्दा बढी उपकरण आयोजनास्थलमा आइपुगेको छ ।

सबस्टेसन नबन्दा विद्युत चुहावट बढ्ने, भोल्टेजमा समस्या हुने जस्ता समस्या भइरहेको रेग्मीले बताए । अहिले यी स्थानमा दिक्देल सबस्टेसनबाट निस्केकाे १३० किलोमिटर लामो हलेसी फिडरबाट सेवा विस्तार भइरहेको छ । वाक्सिला सबस्टेसन निर्माण भई सञ्चालनमा आएपछि  चुहावट, भाेल्टेजकाे समस्या समाधान हुनेछ ।

फिडर लामो भएकै कारणले गर्दा बारम्बार बिग्रीने र मर्मत संभार गरेर पुन सेवा सूचारु गर्न पनि समय लाग्ने रेग्मीले बताए । उनका अनुसार बारम्बार सेवा प्रभावित भइरहेको छ । यही फिडरबाट कोसीपारीको उदयपुर जिल्लाको केही स्थानमा पनि सेवा प्रवाह भइरहेको छ ।

केन्द्रले भोल्टेज सुधार गर्न, माग अनुसारको विद्युत प्रवाह गर्न र प्राविधिक चुहावट घटाउन तार अपग्रेड गर्ने कार्यहरु गरिरहेको छ । केन्द्र अन्तर्गत अहिले २२ हजार ८ सय ५० ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit