विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनी रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीमा गाभिने भएको छ । सञ्चालनमा रहेका १०.४ मेगावाटका २ जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी रिडीमा गाभिन लागेको हो ।

विद्युत कम्पनीहरू पनि एक आपसमा मिल्न, गाभिन, प्राप्ति वा ग्रहण गर्न पाउने व्यवस्था विद्युत नियमन आयोगको निर्देशिकाले गरेकाले २ वटा कम्पनीलाई गाभेर एउटै बनाउन लागिएको रिडी हाइड्रो पावर डेलपमेन्ट कम्पनीका कार्यकारी निर्देशक कुबेरमणि नेपालले बताए । उनले रैराङलाई रिडीमा गाभ्ने प्रक्रियाका लागि गुरूप्रसाद न्यौपानेको संयोजकत्वमा मर्जर समिति गठन गरिएको बताए ।

‘नियमन आयोगले कम पुँजी भएका साना विद्युत आयोजनाका प्रवर्द्धक कम्पनी एक आपसमा गाभिन पाउने विकल्प दिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘सोही नियममा रहेर रैराङलाई रिडीमा गाभ्ने निर्णयमा हामी पुगेका छौं ।’ उनले रैराङलाई रिडीमा गाभ्ने प्रस्ताव वार्षिक साधारणसभाबाट पनि पारित भइसकेको बताए ।

अब २ कम्पनीलाई गाभेर एउटै बनाउने प्रस्तावको स्वीकृतिका लागि नियमन आयोगमा चाँडै आवेदन दिने उनले बताए । आयोगको स्वीकृतिपछि बढीमा ३ महिनाभित्र रैराङलाई रिडीमा गाभ्ने प्रक्रिया पूरा हुने उनले जानकारी दिए ।

यी दुवै कम्पनीमा एउटै समूहको लगानी छ । २ कम्पनी गाभिएर एउटै कम्पनी हुँदा वार्षिक करोडौं रुपैयाँ बराबरको प्रशासनिक खर्च कटौती हुने नेपालले बताए ।

रैराङ र रिडी गाभिएर एउटै कम्पनी बनेपछि कूल चुक्ता पुँजी बढेर १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ पुग्नेछ । अहिले रिडीको चुक्ता पुँजी ५८ करोड ५५ लाख रुपैयाँ छ । रैराङको चुक्ता पुँजी ५६ करोड रुपैयाँ छ ।

रिडीको स्वामित्वमा ५ सय किलोवाटको रैराङ र ९.९ मेगावाटको इवाखोला गरी १०.५ मेगावाटका २ जलविद्युत आयोजना छन् । यी दुवै आयोजना अहिले सञ्चालनमा छन् ।

यस्तै, रिडीको स्वामित्वमा ८.५ मेगावाटको बुटवल सौर्य विद्युत र २.४ मेगावाटको रिडी खोला गरी १०.९ मेगावाटका २ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् । २ कम्पनी गाभिएर एउटै बनेपछि कम्पनीको स्वामित्वमा रहेका विद्युत आयोजनाको जडित क्षमता २१.४ मेगावाट पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३