विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार (भोली) विरगन्ज सबस्टेसनको विद्युत सेवा बन्द गर्ने भएको छ । प्राधिकरण कलैया वितरण केन्द्रले सबस्टेसनको बुसबार र जम्पर बदली गर्नका लागि सेवा बन्द गर्न लागेको हो ।

हेडौडा ग्रिड महाशाखा अन्तर्गतको विरगन्ज सबस्टेसनको ३३ केभी बुसबार र जम्पर बदली गर्नका लागि सेवा बन्द गर्न लागिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहान ८ बजेदेखि सेवा बन्द गरेर बदलीको काम सुरु गरिनेछ ।

अवरुद्ध सेवा दिउँसो १ बजेदेखि पुनःसुचारु हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सेवा बन्द हुँदा यो सबस्टेसनबाट वितरण हुने क्षेत्र प्रभावित हुनेछ ।

तोकिएको समयअगावै काम सम्पन्न भए निर्धारित समय अगावै सेवा सुरु गर्ने प्राधिकरणले जनाएको छ । यस वितरण केन्द्र अन्तर्गत पूर्वी र दक्षिण क्षेत्रको सेवा बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit