विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशभर खेती हुने जमिनमध्ये १२ लाख हेक्टर बढी जमिनमा सिँचाइको सुविधा पुगेको छ । राष्ट्रिय कृषिगणना २०७८ अनुसार १२ लाख ९ हजार २ सय ६५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको हो ।

बिहीबार (भदौ २१ गते) सार्वजनिक गरिएको सातौं कृषि गणनाअनुसार पछिल्लो १० वर्षको अवधिमा सिँचाइ हुने क्षेत्रको विस्तार २.५ प्रतिशतले बढेको छ । सातौं कृषि गणना अनुसार कृषिमा आबद्ध परिवारले खेतीका लागि प्रयोग हुनेमध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाइ सुविधा पुगेको छ ।

यसैगरी, अघिल्लो कृषिगणना २०६८ (छैठौं) मा सिँचाइ सुविधा पुगेको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो । सिँचाइ सुविधा उपलब्ध हुने क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाइ सुविधा पुगेको जग्गाको क्षेत्रफल ८७९.५७ हेक्टर रहेको छ । जणनाअनुसार हाल २२ लाख हेक्टर जमिन मात्रै कृषि योग्य जमिन रहेको छ ।

कृषि गणना २०७८ अनुसार सिँचाइ सुविधा लिने कृषक परिवार ७० प्रतिशत पुगेका छन् । अघिल्लो कृषि गणना २०६८ अनुसार सिँचाइ सुविधा लिने कृषक परिवार ६५ प्रतिशत मात्रै थिए ।

गणनाअनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । नेपालको पछिल्लो १० वर्षमा ९ प्रतिशत कृषक परिवार घटेको गणनाले देखाएको छ । अघिल्लो गणनामा यस्ता कृषक परिवार ७१ प्रतिशत थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit