विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति र दलित बर्गका विद्यार्थीलाई निशुल्क विद्युतीय चुलो (इन्डक्सन) बाँड्ने भएको छ । केन्द्रले सरकारी शिक्षण संस्थाहरू विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई निशुल्क विद्युतीय चुलो वितरण गर्न लागेको हो ।

काठमाडौं उपत्यका बाहीरबाट आएर घरभाडामा लिई सरकारी र सामुदायिक संस्थाहरूमा स्तातक र स्नातकोत्तर तहमा अध्ययनरत लोपोन्मुख जनजाति आदिवासी र दलित वर्गका विद्यार्थीलाई निशुल्क चुलो वितरण गर्न आवेदन माग गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिजुलीको आन्तरिक खपत बढाउन र खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्न सरकारको उदेश्यलाई सहयोग पुग्ने गरी यस्तो कार्यक्रम ल्याइएको हो ।

इच्छुक विद्यार्थीले अनलाइनबाट फाराम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थीको परिचयपत्रको प्रतिलिपिका साथै लोपोन्मुख, आदिवासी जनजाति र दलित समुदाय खुल्ने परिचय पत्रको प्रतिलिपि र सिफारिस सहित केन्द्रमा पेस गर्नुपर्नेछ । आवेदन आगामी असार ९ गतेसम्म दिन सकिनेछ ।

केन्द्रले यसअघि पनि २०७८ फागुन ९ गते सूचना निकालेर अति दुर्गम र दुर्गम ठाउँबाट काठमाडौंमा आएर अध्ययनरत विद्यार्थीकाे आवेदन माग गरेको थियो । यसअघि आवेदन दिने विद्यार्थीले पुन निवेदन दिन नपाउने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit