विद्युत अपडेट

  • प्राधिकरण : ६४७५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४३५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : १३०९० मे.वा.घन्टा
  • आयात : ११५६८ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १४३० मे.वा.घन्टा
  • ऊर्जा माग : ३६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९६७ मे.वा.
२०८१ चैत २०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं। नेपाल र भारतबीचको द्विपक्षीय सम्झौता तथा इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) मार्फत नेपालमा थप विद्युत् आपूर्ति वृद्धि गर्ने विषयमा कूटनीतिक पहल सुरु गरिएको छ। परराष्ट्र मन्त्री डा. आरजु राणाले उक्त पहल भइरहेको जानकारी गराएकी हुन् ।

हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपालले भारतबाट थप अवधिका लागि विद्युत् आयात गर्न सक्ने वातावरण बनाउन कूटनीतिक प्रयास गरिएको बताइन् । उनकाे भनाइ छ- नेपालमा देखिएको सुख्खा यामको विद्युत अभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न भारतसँगको द्विपक्षीय सम्झौता र इन्डियन इनर्जी एक्सचेन्जजस्ता प्रारूपअन्तर्गत थप विद्युत आयात गर्ने पहल भइरहेको छ ।

वर्षायाममा झण्डै १००० मेगावाट विद्युत भारतलाई निर्यात गर्दै आएको नेपालले सुख्खायाममा भने भारतबाट विभिन्न प्रारूपअन्तर्गत विद्युत आयात गर्दै आएको छ। यो हिउँदमा विद्युत् माग र आपूर्तिबीच सन्तुलन मिलाउनुपर्ने बाध्यता पनि बनेको छ । हाल नेपालले मुख्यतः आइइएक्इसबाट विद्युत खरिद गरिरहेको छ। यसबाहेक पावर एक्सचेन्ज कमिटी अन्तर्गत बिहार र उत्तर प्रदेशबाट पनि विभिन्न भोल्टेज लेवलमा नेपालले विद्युत आयात गर्दै आएको छ।

परराष्ट्र मन्त्री राणाका अनुसार आइइएक्सबाट दैनिक खरिद गरिरहेको विद्युत आपूर्ति अवधि बढ्ने र परिमाणमा वृद्धि हुने सम्भावना देखिएको छ। हाल नेपाल विद्युत प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युत् परिमाणले मात्र बढ्दो माग तथा आपूर्तिबीच सामन्जस्यता कायम हुन सकेको छैन । यसले औद्योगिक क्षेत्रमा आपूर्तिमा कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको छ। सरकारले दीर्घकालीनरूपमा विद्युत् उत्पादन वृद्धि गरी ऊर्जा सुरक्षाको योजना अघि बढाए पनि सुख्खायाममा केही वर्ष नेपालले विद्युत आयात गर्नैपर्ने बाध्यता छ।

यसैबीच, भारतबाट थप विद्युत आपूर्ति सुनिश्चित गर्न ऊर्जा मन्त्रालयले पनि सक्रिय भूमिका खेलिरहेको जनाएको छ। हालको कूटनीतिक पहल सफल भएमा थप विद्युत आयातमार्फत नेपालको विद्युत आपूर्ति थप सहज हुने अपेक्षा गरिएको छ
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३