विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) अर्थात् २०७७/७८ मा खुद ६ अर्ब रुपैयाँ मुनाफा कमाएको छ । अघिल्लो आव (२०७६/७७) को तुलनामा अवस्था प्रतिकूल रहे पनि आफ्नो आम्दानी र खर्चबीच सन्तुलन मिलाउँदै नाफा आर्जन गरेको हो ।

प्राधिकरणका अनुसार गत आवमा अघिल्लो आवको तुलनामा करिब २ रुपैयाँ कममा उपभोक्तालाई बिजुली बेचिएको, ऊर्जा खपत बढ्दा भारतबाट अतिरिक्त परिमाण महँगोमा आयात गर्नुपरेको र जलवायु परिवर्तनले असमयमा भएको अतिवृष्टि तथा अनावृष्टिका कारण स्वदेशी विद्युतगृहको उत्पादन घटेको जस्ता कारणले नाफामा असर परेको छ ।

अघिल्लो आवमा ट्रंक लाइन तथा डेडिकेटेड फिडरको महसुल कायम रहेको तर गत आवमा विद्युत नियमन आयोगले त्यो हटाउँदा पनि नाफामा असर परेको प्राधिकरण अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले बताए । ‘स्वदेशी उत्पादन घट्नु र ऊर्जा माग बढ्दा भारतबाट झन्डै हजार गिगावाट घन्टा बढी विद्युत महँगोमा किन्नुपर्यो,’ उनले भने, ‘यता अति सुख्खा मौसमका कारण खोलामा पानी सतह घट्दा स्वदेशी उत्पादनसमेत स्वाट्टै घट्यो ।’

अघिल्लो आवमा प्राधिकरणले उपभोक्तालाई प्रतियुनिट औसत ११.५६ रुपैयाँ बिजुली बेचेको थियो तर गत आवमा नियमन आयोगका कारण घटेर प्रतियुनिट ९.७४ रुपैयाँ झर्यो । यस्तै, अघिल्लो आवमा प्राधिकरणको नाफा ११ अर्ब रुपैयाँ लेखांकन गरिएकोमा यसमध्ये करिब ६ अर्ब रुपैयाँ ट्रंक र डेडिकेटेड फिडरको रहेको उल्लेख छ ।

जुन रकम अहिलेसम्म उठेको छैन । ट्रंक र डेडिकेटेडको आम्दानी घटाउँदा अघिल्लो आवको नाफा जम्मा ५ अर्ब रुपैयाँमा सीमित हुन्छ । प्राधिकरणको यो तथ्यांक सही हो भने अर्थात् ट्रंक र डेडिकेटेड लाइनको आम्दानी घटाउने हो भने अघिल्लो आवको तुलनामा गत आवमा १ अर्ब रुपैयाँ नाफा बढी देखिन्छ ।

ऊर्जा खपत बढेको हुँदा प्रसारण प्रणालीमा यसबाट केही प्राविधिक चुहावट बढेको हुन सक्ने प्राधिकरणको तर्क छ । यसबाट पनि नाफामा असर पुगेको निष्कर्ष छ । यता अघिल्लो आवको तुलनामा गत आवमा स्वदेशी विद्युतगृहबाट करिब २२ करोड युनिट विद्युत कम उत्पादन भएको छ । यो परिमाणबराबरको भारतबाट किन्नुपर्दा समेत आम्दानी र नाफा असर परेको देखिन्छ ।

प्राधिकरणले गत आवमा करिब १० वर्ष रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेकोमा उल्लेखित कारणबाट नाफाको अंश खुम्चिएको छ । यद्यपि, अब माथिल्लो तामाकोसीबाट विद्युत उत्पादन भइसकेको हुँदा चालू वर्षमा नाफा प्रक्षेपणअनुसार नै हुने अनुमान गरिएको छ ।

प्राधिकरणको गत आवको आम्दानी करिब ८०.५० अर्ब रुपैयाँ हुन पुगेको छ । यसमध्ये बिजुली बेचेर ७१ अर्ब रुपैयाँ र अन्य आम्दानी ९.५ अर्ब रुपैयाँ छ । कूल आम्दानी मध्ये विद्युत किन्नमात्र ४१.५ अर्ब रुपैयाँ खर्च भएको जनाइएको छ । गत वर्ष भारतबाट किनिएको बिजुलीलाई २१.५ अर्ब रुपैयाँ भुक्तानी गरिएको छ ।

प्राधिकरणका अनुसार आव २०७७/७८ मा भारतबाट १३ अर्ब ५९ करोड रुपैयाँबराबरको विद्युत किनिएको थियो भने आव २०७६/७७ मा करिब २० अर्ब रुपैयाँको किनिएको थियो ।

गत आवमा प्राधिकरणको प्रणालीमा ८ अर्ब ८५ करोड युनिट विद्युत उपलब्ध थियो । यसमध्ये भारतबाट २ अर्ब ८० करोड युनिट र स्वदेशी निजी क्षेत्रबाट ३ अर्ब २० करोड युनिट किनिएको थियो । यस वर्ष स्वदेशी निजी क्षेत्रका विद्युतगृहको उत्पादन औसत रहे पनि विद्युत किनेबापत २० अर्ब रुपैयाँ भुक्तानी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit