काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडको आँधीखोला जलविद्युत् केन्द्रबाट विद्युत् सेवा लिइरहेका स्याङ्जाका ३ वटा नगरपालिका क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द गरिने भएको छ । केन्द्रले शुक्रबार एक सूचना जारी गरी यस्तो जानकारी गराएको हो ।
सूचना अनुसार जिल्लाको भीरकोट र वालिङ नगरपालिका तथा सिस्नेपानी ग्राहक संस्थामार्फत विद्युत् सेवा आपूर्ति भइरहेका सम्पूर्ण क्षेत्रहरुमा विद्युत् विद्युत् आपूर्ति बन्द रहने छ । त्यस्तै, गल्याङ नगरपालिकाका ८, ९, १० र ११ नम्बर वडामा पर्ने तीनदोबाटे, तारादेवी, बङराति, गौमुख, जनप्रिय पकबादी र छहरा सिद्धबाबा ग्राहक संस्थाबाट विूद्युत् आपूर्ति लिइरहेका क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहने छ ।
स्याङ्जा–वालिङ ३३ केभी लाइन अन्तर्गत वालिङ नगरपालिका–८ सितल बजरमा निर्माणधीन बसपार्कको ३३ केभी विद्युत् लाइन व्यवस्थित गर्ने कार्य गर्नका लागि उल्लिखित सबै स्थानहरूमा शनिबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म आपूर्ति बन्द रहने केन्द्रले जनाएको छ ।