विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निशेधाज्ञा लागु भएका जिल्लामा फिल्डको काममा खटिने कर्मचारीलाई ५० प्रतिशतसम्म भत्ता दिने भएको छ । प्राधिकरणले निशेधाज्ञा अवधिभर कार्यालय बाहिरको काममा खटिने कर्मचारीका लागि भत्ताको व्यवस्था गरेको हो ।

कार्यकारी निर्देशक स्तरको बिहीबारको निर्णयअनुसार निशेधाज्ञा लागु भएका क्षेत्रमा नो लाइट, मिटर सिकायत तथा मर्मत संभारमा खटिने कर्मचारीलाई उनीरूको सुरु तलबको ५० प्रतिशत अतिरिक्त भत्ता दिइने भएको छ ।

यही काममा खटिने दैनिक ज्यालादारी तथा सेवा करारका कामदारलाई पनि खाइपाई आएको पारिश्रमिकका अतिरिक्त न्युनतम पारिश्रमिक (१३ हजार ४ सय ५० रुपैयाँ) को ५० प्रतिशत भक्ता दिने निर्णय भएको छ ।

यस्तै, मिटर रिडिङ गर्न तथा विद्युत महशुल संकलन गर्न काउन्टरमा खटिने कर्मचारीलाई खाइपाई आएको तलबका अतिरिक्त सुरु तलबको ३० प्रतिशत भत्ता दिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

यो सुविधा दैनिक ज्यालादारी, गोटागन्तीमा मिटर रिडिङ गर्ने तथा सेवा करारमा काम गर्ने कामदारले पनि पाउने छन् । उनीहरूको हकमा खाइपाई आएको पारिश्रमिकका अतिरिक्त न्युनतम पारिश्रमिकको ३० प्रतिशत भत्ता दिइने भएको छ ।

ग्रिड सबस्टेसनको मर्मत संभारको काममा खटिने कर्मचारीले पनि खाइपाई आएको तलबको अतिरिक्त सुरु तलबको ३० प्रतिशत र दैनिक ज्यालादारी, तथा सेवा करारका कामदारलाई परिश्रमिकका अतिरिक्त १३ हजार ४ सय ५० रुपैयाँको ३० प्रतिशत भत्ता पाउने छन् ।

प्रसारण तथा वितरण लाइनका कर्मचारी, प्रणाली सञ्चालन विभाग, ग्रिड सबस्टेसन, वितरण सबस्टेसन एवं जलविद्युत केन्द्रको मर्मत संभार टोली तथा सिफ्ट ड्युटीमा खटिने कर्मचारीलाई खाइपाई आएको तलब भत्ताका अतिरिक्त सुरु तलबको २० प्रतिशत र दैनिक ज्यालादारीलाई न्युनतम पारीश्रमिकको २० प्रतिशत भत्ता दिइने भएको छ ।

निशेधाज्ञामा सेवा करारका कर्मचारीलाई उपलब्ध गराइने तलबबाहेकको भत्ता कार्यरत कार्यालयमा नभई सोझै उनीहरूको बैंक खातामा पठाइने प्राधिकरणले जनाएको छ । कार्यालय प्रमुखले कर्मचारी तथा कामदार फिल्डमा खटाएको विवरण सम्बन्धित विभागिय प्रमुखमार्फत उपकार्यकारी निर्देशकबाट प्रमाणित गराएपछि मात्रै तोकिएको तलब बाहेकको अतिरिक्त भत्ता भुक्तानी हुनेछ ।

निशेधाज्ञाको अवधिभर कार्यालयमा उपस्थित हुन नसक्ने दैनिक ज्यालादारी तथा सेवा करारका कामदारलाई भने सरकारले तोकेको न्युनतम पारिश्रमिक वा मासिक १३ हजार ४ सय ५० रुपैयाँ मध्ये जुक कम हुन आउँछ त्यहि बराबरको पारिश्रमिक मात्रै दिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

गोटागन्ती मिटर रिडरको हकमा २०७७ माघ, फागुन र चैत महिनामा लिएको मारिश्रमिकको औषत वा १३ हजार ४ सय ५० रुपैयाँ मध्ये जुन थोरै हुन्छ त्यहि रकम बराबरको पारिश्रमिक दिइने भएको छ । 

केन्द्रीय कार्यालय तथा विभिन्न निर्देशनालयमा कार्यरत कर्मचारीको हकमा भने शनिबार (जेठ १ गते) देखि लागु हुने गरी अर्को व्यवस्था नभएसम्म इपिआर भत्ता कटौती गर्ने निर्णय भएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit