विद्युत अपडेट

  • प्राधिकरण : ८८८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४२०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४१५८८ मे.वा.घन्टा
  • आयात : १८५ मे.वा.घन्टा
  • निर्यात : १४७८१ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४८६० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७८७ मे.वा.
२०८२ साउन १३, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन

काठमाडौँ । मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४७.७ मेगावाटको कालिका कालीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) पूरा भएको छ । तनहुँको प्रसिद्ध धार्मिक स्थल देवघाट नजिकै नवलपुरको गैँडाकोटमा निर्माण गर्न लागिएको आयोजनामा कृषि विकास बैंकको अगुवाइमा ६ वटा बैंक तथा संस्थाले ऋण लगानी गर्ने भएका हुन् ।

कुल १० अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत अर्थात् ७ अर्ब ६० करोड रुपैयाँ ऋण र बाँकी प्रवर्द्धकको स्वपुँजी लगानी रहने गरी वित्तीय व्यवस्थापन भएको हो । सोमबार (असार २३ गते) एक समारोहका बीच आयोजनाको प्रवर्द्धक कम्पनी र ऋण लगानी गर्ने बैंकहरूबीच सहवित्तीयकरणमा ऋण लगानीसम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा अगुवा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङ र प्रवर्द्धक कम्पनीका सिइओ उमेश कसजुले हस्ताक्षर गरे ।

सम्झौता अनुसार आयोजनामा कृषि विकास बैंकका साथै सह–नेतृत्वकर्ताका रूपमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र सदस्य बैंक तथा संस्थाका रूपमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), प्रभु बैंक, लक्ष्मी सनराइज बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले ऋण लगानी गर्ने छन् ।

सहवित्तीयकरण कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले आयोजना समयमै सम्पन्न गरी सरकारको ऊर्जा विकासको लक्ष्यलाई सघाउने अपेक्षा रहेको बताए । विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले नेपालमै नौलो  ‘ड्याम टु टाे वे’ प्रारूपमा अघि बढाइएको आयोजनाको जोखिम विश्लेषण गरेर नै अघि बढाइएको विश्वास व्यक्त गर्दै समयमै आयोजना सम्पन्न गर्न आयोगकातर्फबाट नियामकीय सहजीकरण रहने बताए ।

प्रवर्द्धक कम्पनीका अध्यक्ष कृष्णप्रसाद सुवेदीले आयोजनालाई समयमै सम्पन्न गर्न सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताए । सञ्चालक मञ्जु श्रेष्ठले आयोजनापछि बन्ने १५ किलोमिटर लामो जलाशय नेपालकै लागि आकर्षक हुने, पर्यटनलाई र यसले देशकै आर्थिक समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

कम्पनीका सिइओ कसजुले यो आयोजना अघि बढाउने परिकल्पना २०६४ सालदेखिकै भए पनि निरन्तरको प्रयासपछि अहिले कार्यान्वयनको चरणमा पुगेको बताए । आंशिक जलाशय आयोजनाको रूपमा नेपालमै नयाँ प्रारूपमा अघि बढाउन लागिएको आयोजनालाई भविष्यमा पम्प स्टोरेज आयोजनाको रूपमा समेत विकास गर्ने लक्ष्य रहेको बताए ।

कृषि विकास बैंकका सिइओ गुरुङले नेपालमै नौलो प्रारूपको आयोजनामा लगानी गर्न पाउनु नेतृत्वको कर्ता बैंकका हिसाबले आफूलाई खुसी लागेको बताए । आयोजनामा बैंकहरुको ७५ प्रतिशत लगानी रहेकोले पनि आयोजनाको सफलता नै आफ्नो मुल अपेक्षा रहेको बताए ।

तनहुँको धार्मिकस्थल देवघाट गाउँपालिका र नवलपुरको गैडाकोट नगरपालिकाबीच भएर बग्ने कालीगण्डकी नदीमा बाँधकै मुनि नदी तटमा विद्युत्‌गृह बनाई आंशिक जलाशयको नियन्त्रित बहाबमा आधारित भएर यो आयोजनाबाट विद्युत् उत्पादन गरिने छ । यसका लागि कैयौँ किलोमिटर लामो मुख्य सुरुङ तथा अन्य कैयाैँ स‌ंरचनाकाे आवश्यकता पर्दैन ।

आयोजनाबाट वार्षिक २७९.९५७ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । उत्पादन हुने बिजुलीलाई १३२ केभी प्रसारण लाइनमार्फत ८ किलोमिटर टाढा रहेको नेपाल विद्युत् प्राधिकरणको आँपटारी सबस्टेसनमा जोडिने छ ।

आयोजनाको निर्माण कार्य २०८४ भित्रै पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३