विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो सर्दी खोला र गण्डीगाड साना जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न गरेको छ । प्राधिकरणले कास्कीमा निर्माण हुने २.८३७ मेगावाटको माथिल्लो सर्दी र बैतडीमा निर्माण हुने १ मेगावाटको गण्डीगाड साना जलविद्युत् आयोजनाको बिजुली किन्ने सम्झौता गरेको हो ।

गण्डीगाड बैतडी जिल्लाको डिलासैनी गाउँपालिकाको वडा नम्बर २ मा निर्माण हुनेछ । यो आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद गर्न प्राधिकरण र प्रवर्द्धक कन्चन ऊर्जा प्रालिबीच मंसिर १९ गते सम्झौता भएको हो ।

सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट उप–कार्यकारी निर्देशक प्रदिपकुमार थिके र प्रवर्द्धक कम्पनीको तर्फबाट अध्यक्ष गेल्बुसिंह बोहराले हस्ताक्षर गरे । सम्झौताअनुसार प्राधिकरणले आयोजनाबाट उत्पादन भएको विद्युत् हिँउदमा प्रतिमेगावाट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँ खरिद गर्ने सञ्चालक जयराज पन्तले बताए ।

आयोजनाबाट २०८३ पुस १७ गतेभित्र विद्युत् उत्पादन गर्ने तालिका छ । उत्पादित विद्युत् ११ केभी प्रसारण लाइनमार्फत ४ किलोमिटर दुरीमा रहेको ४० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको विद्युत्‌गृहमा जोडिनेछ ।

‘यो आयोजनाको डिपिआर तयार भइसकेको छ,’ पन्तले ऊर्जा खबरसँग भने, ‘पिपिए भयो, अब आयोजना निर्माणका लागि वित्तिय व्यवस्थापन गर्छौ, त्यस लगतै स्थलगत काम सुरु गर्छौ ।’

माथिल्लो सर्दी

कास्कीमा पहिचान भएको २.८३७ मेगावाटको माथिल्लो सर्दी खोला जलविद्युत् आयोजनाको पिपिए भएको छ । प्रवर्द्धक मन्दाकिनी हाइड्रो पावर कम्पनी र प्राधिकरणबीच आयोजनाबाट उत्पादन भएको विद्युत् प्रतिमेगावाट हिउँदमा ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट उप–कार्यकारी निर्देशक प्रदिपकुमार थिके र कम्पनीका तर्फबाट अध्यक्ष सरदकुमार दाहालले हस्ताक्षर गरे । यो कम्पनीले कास्कीमा ४ मेगावाट सर्दी खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३