विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दी जिल्लामा निर्माण सम्पन्न भएको घारखोला जलविद्युत आयोजनाको १४ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोडिएको छ । म्याग्दी हाइड्रो पावर कम्पनीले परीक्षण सम्पन्न गरेको उक्त आयोजनाको विद्युत आइतबार (साउन २१ गते) देखि प्रसारण प्रणालीमा जोडिएको हो ।

आयोजनाबाट उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा जोडिएको आयोजना प्रमुख विनोद देवकोटाले बताए । ‘जलविद्युत आयोजनाको विभिन्न चरणको परीक्षण पूरा गरी सफल उत्पादन सुरु गरेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘भौगोलिक विकटता, कोरोनाको जोखिम, युक्रेन र रसियाको युद्धलगायत समस्यालाई पार गर्दै केही समय ढिलो गरेर उत्पादन सुरु गर्यौं ।’ अहिले १४.१४ मेगावाट विद्युत प्रणालीमा गइरेहेकाे पनि देवकाेटाले बताए ।

विद्युत खरिद सम्झौता (पिपिए) को नियमअनुसार उत्पादन सुरु भएको १५ दिन (दुई साता) सम्म आयोजनाले प्राधिकरणलाई निशुल्क बिजुली दिनुपर्छ । त्यसपछि मात्र व्यापारिक उत्पादनको समय तोकिने प्रावधान छ ।

आयोजनाको विद्युत ८ किलोमिटर दुरीमा रहेको दाना सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन आफैले निर्माण गरेको कम्पनीले  जनाएको छ । आयोजनाबाट वार्षिक ७८.६५ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

४ वर्ष अघिदेखि निर्माण सुरु भएको आयोजनाबाट यसअघि नै विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, भौगोलिक विकटता, कोरोनाको जोखिम, युक्रेन र रसियाको युद्धले इलोक्ट्रोमेकानिकल उपकरण आयातमा प्रभाव लगायत विविध कारणले तालिका सरेको देवकोटाले बताए ।

आयोजना सम्पन्न गर्न २ अर्ब ४२ करोड रुपैया लागत अनुमान गरेको थियो तर कोरोना माहामारीको कारणले गर्दा केही लागत बढेको कम्पनीले जानकारी दिएको छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी छ । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ ।

आयोजनाको थप विवरण :

आयोजनाको नाम : घार खोला

प्रवर्द्धक : म्याग्दी हाइड्रो पावर कम्पनी

जिल्ला : म्याग्दी

क्षमता : १४ मेगावाट

निर्माण सुरु भएको मिति : २०७५ साल

पाइपालाइन : १२०० मिटर

सुरुङ : ३५०० मिटर

विद्युत जोडिने विन्दु : दाना सबस्टेसन

प्रसारण लाइन : ३३ केभी, ८ किलोमिटर

अनुमानित लागत :  २ अर्ब ४२ करोड रुपैयाँ

वार्षिक ऊर्जा  उत्पादन : ७८.६५ गिगावाट घन्टा

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit