विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । ऊर्जा डेभलपर्स ग्रुपकाे कम्पनी सामलिङ्ग पावरद्वारा ईलाममा निर्माण सम्पन्न ९.५१ मेगावाटको माई-बेनी जलविद्युत आयोजनाले भदाै १७ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको छ ।

आयोजनाले नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरूको रहोवरमा विभिन्न चरणको परीक्षण सम्पन्न गरी विद्युत खरीद बिक्री सम्झौता (पिपिए) बमोजिम १५ दिनका लागि निशुल्क विद्युत उप्लब्ध गराउनेछ।१५ दिनको परीक्षण उत्पादनपछि व्यापारिक उत्पादन सुरु हुनेछ । आयोजनाबाट वार्षिक ५३.२८ गिगावाट घन्टा ऊर्जा हुने जनाइएकाे छ ।

सामलिङ पावरले सार्वजनिक निष्कासन गर्न लागेको माई-बेनीको कूल १२ लाख ३० हजार (१२,३०,०००) कित्ता सधारण शेयर (आईपीओ) मध्ये आयोजनाप्रभावित बासिन्दाप्रति लक्षित पाँच लाख (५,००,०००) कित्ता शेयरका लागि भदाै १८ गतेबाटआवेदन खुल्ला गरिसकेको छ । यस्तै, थप सात लाख तीस हजार (७,३०,०००) कित्ता शेयर कम्पनीका कर्मचारी र सर्वसाधारणका लागि चाँडै खुल्ला गर्ने योजना छ।

ऊर्जा डेभलपर्सले पहिलो सफलताको रूपमा माई-बेनीले लक्षित समयभन्दा अगावै विद्युत उत्पादन सुरु गरेकाे कम्पनीका प्रबन्ध निर्देशक भानु पोखरेलले बताए । 'प्राप्त उपलब्धिका कारण विभिन्न चरणमा रहेका अन्य आयोजनाबाट समेत समयमै विद्युत उत्पादन गर्न थप हौसला थपिएको,' उनले भने ।

ऊर्जा डेभलपर्सकै अर्को सहायक कम्पनीमार्फत इलाममै निर्माण भइरहेको ६.२ मेगावाटको तल्लो जोगमाई निर्माणको अन्तिम चरणमा पुगेको छ । अगामी महिनाबाट यसले पनि व्यपारिक उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३