विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नदी खोलामा पानीको सतह कम हुँदा सञ्चालनमा रहेका जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । हिउँद लागेदेखि नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रको उत्पादन क्रमशः घट्दै गएको हो । 

विद्युतगृह चलाउन पानी कम भएपछि नदी प्रवाही जलविद्युत केन्द्रले क्षमताभन्दा कम विद्युत उत्पादन गरिरहेको प्राधिकरणका प्रवक्ता मदत तिम्सिनाले बताए । उनका अनुसार अहिले प्राधिकरण र निजी क्षेत्रका जलविद्युतगृहबाट करिब ७ सय ७५ मेगावाट हाराहारीमा मात्रै विद्युत उत्पादन भइरहेको छ ।

‘प्राधिकरणका जलविद्युतगृहले ५ सय मेगावाट विद्युत उत्पादन गरिरहेका छन्,’ उनले ऊर्जा खबरसँग भने, ‘निजी क्षेत्रको उत्पादन जडित क्षमताको ३८ प्रतिशत हाराहारीमा सिमित भएको छ ।’ बुधबारको तालिकाअनुसार निजी क्षेत्रका जलविद्युतगृहको उत्पादन २ सय ७५ मेगावाटमा झरेको उनले बताए ।

निजी क्षेत्रका जलविद्युतगृहको यो उत्पादन जडित क्षमताभन्दा ४ सय ५० मेगावाट कम हो । राष्ट्रिय प्रसारण प्रणालीमा निजी क्षेत्रको जडित क्षमता ७ सय २५ मेगावाट छ ।

सञ्चालनमा रहेका अधिकांश जलविद्युतगृह नदीको बहावमा आधारित भएको हुँदा हिउँदमा सधैं क्षमताभन्दा कम विद्युत उत्पादन हुने गरेको छ । आन्तरिक उत्पादन घटेपछि आपूर्ति व्यवस्थापन मिलाउन बुधबार भारतबाट ६ सय ३३ मेगावाट विद्युत आयात भएको छ ।

विद्युतको उच्च माग क्रमशः कम हुँदै गए पनि आन्तरिक उत्पादन घटेकाले भारतबाट आयात हुने परिमाण घटाउन नसकिएको तिम्सिनाले बताए । यो वर्ष गत पुस २६ गते भारतबाट सबैभन्दा बढी ६ सय ३८ मेगावाट विद्युत आयात भएको थियो ।

यो वर्ष गत पुस १८ गते विद्युतको उच्च माग सबैभन्दा बढी १४ सय ६६ मेगावाटसम्म पुगेको थियो । त्यस यता उच्च माग क्रमशः घटिरहे पनि आन्तरिक उत्पादन कम हुँदा आयात बढेको देखिन्छ । 

प्राधिकरणले माग र आपूर्ति व्यवस्थापन मिलाउन कुलेखानी जलाशयलाई आवश्यकताअनुसार २४ घन्टा सञ्चालन गरिरहेको छ । कालीगण्डकी ‘ए’, मस्र्याङ्दी, मध्यमस्र्याङ्दी लगायत अर्धजलाशय जलविद्युत केन्द्रको उत्पादन घटेको छ ।

१ सय ४४ मेगावाटको कालीगण्कीबाट अहिले ७८ देखि ८० मेगावाट हाराहारीमा विद्युत उत्पादन भइरहेको छ । बिहान र साँझ गरी करिब ३ घन्टा कालीगण्डकी पूर्ण क्षमतामा चले पनि अन्य समयको उत्पादन ८० मेगावाटभन्दा कम छ । 

७० मेगावाटको मध्यममस्र्याङ्दी जलविद्युत केन्द्रको उत्पादन पनि घटेको छ । दैनिक ४ घन्टाको ‘पिकिङ’ बाहेक अन्य समयको उत्पादन ३८ मेगावाटमा हाराहारीमा हुनेगरेको छ ।

६९ मेगावाटको मस्र्याङ्दी जलविद्युत केन्द्रले पिकिङबाहेकको समयमा ३० देखि ३६ मेगावाट मात्रै विद्युत उत्पादन गरिरहेको छ । बिहान र साँझको उच्च माग व्यवस्थापन गर्न माग घटेको समयमा जलाशयमा पानी जम्मा गर्न विद्युतगृह बन्द गर्ने गरिएको केन्द्र प्रमुख रामकुमार यादवले बताए ।

उनका अनुसार पिकिङ बाहेकको समयको उत्पादन अझै घट्नेछ । मस्र्याङ्दीले दैनिक ५ घन्टा पिकिङ दिन्छ । मध्य चैतदेखि हिमालमा हिउँ पग्लिन सुरु भएपछि मात्रै उत्पादन क्षमता क्रमशः बढ्दै जाने प्राधिकरणले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३