विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ललितपुर । देशभरि उपलब्ध कृषियोग्य भूमिमा पर्याप्त सिँचाइ नहुनु र महत्त्वपूर्ण जग्गा आवासका लागि प्लटिङ हुँदै जाँदा कृषितर्फको व्यापारघाट ३ खर्ब रुपैयाँ नाघेको बताइएको छ । सिञ्चित क्षेत्र विस्तार गरी यस्तो व्यापारघाटा कम गर्नुपर्नेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जोड दिएकी छन् ।

शुक्रबार आयोजित ६९औं सिँचाइ दिवसका अवसरमा स्वदेशमै उत्पादित वस्तु आयात भइरहेकोमा आयातित संस्कारलाई निरुत्साहित गर्नुपर्ने मन्त्री भुसालले बताइन् । आयातित संस्कार बढिरहेको हुँदा कृषि क्षेत्रमा यसको गम्भीर असर परेको उनको भनाइ थियो ।

सिँचाइ विभागका अनुसार सन् २०१९/२०२० मा देशको कृषि व्यापार घाटा लगभग २ खर्ब ५० अर्ब रुपैयाँ रहेकोमा सन् २०२१/२२ मा ३० प्रतिशतले वृद्धि भई ३ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । यस्तो व्यापार घाटा चुलिँदा अर्थतन्त्रमै चुनौती सिर्जना हुने भएकाले स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने भुसालको जोड छ ।

‘हिमाल र पहाडका कृषियोग्य जमिन बाँझो रहने र तराईको  उर्वरभूमि खण्डीकरण भएर बसोबासमा परिणत हुने परम्परालाई तुरुन्त रोक्नुपर्छ,’ उनले भनिन्, ‘बसाइँसराइको चुनौतीलाई सम्बोधन गर्ने गरी समेत नीति विकास गर्नुपर्ने अपरिहार्यता छ ।’

देशको मुख्य आर्थिक आधार भनेको कृषि, जलविद्युत र पर्यटन क्षेत्र भएकाले यिनको प्रवर्द्धनका लागि एकीकृत नीति तय गरेर अगाडि बढ्नुपर्ने पनि भुसालले जोड दिइन् । आगामी दिनमा देशको हरेक स्थानको कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने उनले प्रतिबद्धता जनाइन् ।

यसैगरी, कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई तथा जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव दिनेशकुमार घिमिरेले देशको कृषि आयातलाई निरुत्साहित गर्नका लागि पनि साधन–स्रोत तथा नीतिगतरूपमा विभागलाई सबल बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

यस्तै, सिँचाइ विभागमा महानिर्देशक सुशीलचन्द्र आचार्यले विभागले अगाडि बढाएका कार्यक्रम कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा विभागका पूर्वमहानिर्देशक तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit