विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
बबई सिँचाइ आयोजना

काठमाडौँ । बर्दियामा रहेको बबई सिँचाइ आयोजनाको पश्चिम मूलनहर निर्माण गर्न साढे ३ अर्ब रुपैयाँको लागत अनुमान गरिएको छ । जलस्रोत तथा सिँचाइ विभाग, बबई सिँचाइ आयोजनाले ६१०७ हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने गरी पश्चिम नहर निर्माण प्रक्रिया अघि बढाएको हो ।

वन तथा वातावरण मन्त्रालयले परियाेजनाकाे वतावरणीय मूल्यांकन प्रतिवेदन सार्वजनिक गरी राय सुझाव माग गरेकाे छ । सार्वजनिक प्रतिवेदनअनुसार आयोजनाको पश्चिम मूल नहर निर्माण गर्न ३ अर्ब ३६ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । प्रतिवेदन अनुसार मूख्य निर्माण कार्य २०८३ भित्र सम्पन्न गर्ने लक्ष्य छ । जसमा २०८० भित्रै निर्माण ठेक्का सम्झौता गर्ने योजना छ ।

तीन चरणमा निर्माण हुने

प्रस्तावित आयोजना बर्दिया जिल्लाको गुलेरिया नगरपालिकाको वडा नम्बर १ देखि १० सम्म अवस्थित रहने छ । आयोजनाको कामलाई ३ चरणमा विभाजन गरिएको छ । पहिलो चरणमा ४ किलोमिटर, दोस्रो चरणमा ४.४ किलोमिटर र तेस्रो चरणमा ४.८ किलोमिट रहेको छ ।

पहिलो चरणमा नहर प्रणालीले बालापुर, भरिया, चौधरीपुर, छेदापुर, गोकुलपसर, हरिहरपुर, हसनापुर, जुदावनपुर, कान्सीपुरवा, खेदिपुरवा, खैरी, निमकोठिया, प्रयागपुर सग्हापुर, सोनापुर, सुहेलवा, तेजीपुर, तुलसीपुर बस्तीहरुमा रहेको कमाण्ड क्षेत्रलाई सिँचाइ पुर्याउने गरी डिजाइन तयार पारिएको छ ।

त्यसैगरी, दोस्रो चरणको नहर प्रणालीले आशापुर, पकारिया, बदलपुर, बेलौली, चौबुर्जी, डब्बा, घुम्नाहा, हालेपुरवा, खल्लवा गुलरिया, कोठिया, लटकनिया, मथुरा, हरद्वार, पदमपुर, रामनगर, सन्तोसिटोल, सेमराना, सुनवर्षा, टपरा, टेपरी, थापुवा, तुलापुर बस्तीहरूमा रहेको कमाण्ड क्षेत्रलाई सिँचाइ गरिनेछ । तेस्रो चरणको नहर प्रणलीमार्फत बाजी, पर्सिया, बलेपुरवा, हिरालालपुरवा, कालाबंजारा, प्रयागपुर, राजारामपुर, रत्नापुर, थारुवानी पर्सिया बस्तीहरूमा रहेको कमाण्ड क्षेत्रलाई सिँचाइ हुनेछ ।

नहरको अवस्थिति

आयोजनाको सुहेलवा शाखा नहर तथा यससँग सम्बन्धित प्र–शाखा नहरहरुको संरचना कृष्णसार संरक्षण क्षेत्रभित्रको निजी खेतीयोग्य जग्गामा पर्ने रिपोर्टमा उल्लेख छ । प्रस्तावित आयोजनाअन्तर्गत गुलरिया मुख्य नहर, १० वटा शाखा नहर, भिलेज रोड ब्रिज र ड्रेन अन्डरपास तथा प्रशाखा नहर संरचनाहरूको निर्माण गरिनेछ । यसैगरी, मूल नहरको एक तर्फ ४.५ मिटर चौडाइ भएको क्यरिवेज वे र दुवै छेउमा ०.७५ मिटर सोल्जर सहितको ५.५ मिटर चौडाइ भएको मर्मत सम्भार सडक र नदी नियन्त्रण कार्य ४.३ किलोमिटर रहने प्रस्ताव गरिएको छ ।

आयोजना क्षेत्रमा कृषकहरूले परम्परागत नहर प्रणालीद्वारा आकासे पानीलाई नाला तथा खोलाबाट डाइभर्ट गरी सिँचाइ गर्दै आइरहेका छन् । फलस्वरूप ढल निकासको अभावले वर्षाको समयमा आयोजना क्षेत्रमा लामो समयसम्म पानी जम्मा हुने र अत्यधिक वर्षाको समयमा बाली डुबान र कम वर्षाको समयमा पानीको अभावको साथ अविश्वसनीय सिँचाइजस्ता समस्या देखिने गरेको प्रतिवेदनमा भनिएको छ ।

भेरी नदीबाट पानी डाइभर्ट गरी ४० क्युमेक थप पानी इनलेट र करिब १२.५ किलोमिटर लामो सुरुङमार्फत इन्टर बेस ट्रान्सफर गरी बबई नदीलाई सप्लिमेन्ट गरिने छ । याे परियाेजना पूरा भएपछि बबई सिँचाइ आयोजना क्षेत्रको ३६ हजार हेक्टर कमाण्ड क्षेत्रमा वर्षभरी सिँचाइ गर्न सहज हुनेछ ।

साढे १२ हजार घरपरिवार लाभान्वित हुने

आयोजनाबाट १२ हजार ४३८ घरपरिवार र ५७ हजार ३१४ जनाको जनसंख्या लाभान्वित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजनाका लागि ३८०.३९ हेक्टर जग्गा आवश्यक पर्नेछ । प्रस्तावित आयोजनाका लागि कुल ३८०.३९ हेक्टर जग्गा आवश्यक पर्नेमा ३७४.४८ हेक्टर जग्गा स्थायी र ५.९१ अस्थायी रुपमा आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आवश्यक स्थायी जग्गामध्ये ०.२१ हेक्टर सामुदायिक वन, ३६९.७५ हेक्टर खेतीयोग्य निजी जग्गा, १.७५ निजी वनको जग्गा र २.७५ हेक्टर बस्ती भएको जग्गामा रहेको छ । निजी जग्गामध्ये १४.३ हेक्टर कृष्णसार संरक्षण क्षेत्रभित्रको निजी खेतीयोग्य जग्गा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit