विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गरेवापतको बक्यौता महसुल नबुझाएको भन्दै लाइन काटेपछि रूपन्देहीका उद्योगीहरू उद्योग नै बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । लाइन काटिएका उद्योगमा पुनःबिजुली जडान गर्न प्राधिकरणलाई दबाब दिने उद्देश्यसहित १९ वटा उद्योग बन्द गरेका हुन् ।

प्राधिकरण भैरहवा वितरण केन्द्रले ट्रंक तथा डेडिकेटेड लाइनको महसुल नतिरेको भन्दै गत पुस १३ मा बुटवल–भैरहवा कोरिडोरका घराना फुड र सिद्धार्थ पेट प्लास्ट लगायतका उद्योगको लाइन काटेको थियो । ती उद्योगले लाइन जडान गर्न केन्द्रमा ज्ञापनपत्र बुझाएका थिए ।

लाइन काटिएका उद्योगसँगै थप १९ उद्योगीले पनि उद्योग नै बन्द गरेर काटिएको लाइन पुनः जडान गर्न र आगामी दिनमा लाइन नकाट्नु भन्दै ज्ञापनपत्र बुझाएका केन्द्र प्रमुख सञ्जयकुमार मिश्रले बताए । उनले भैरहवा वितरण केन्द्रले हालसम्म ३ वटा उद्योगको लाइन काटिसकेको जानकारी दिए ।

उद्योगीको मागप्रति प्राधिकरणले बेवास्ता गरेपछि कोरिडोरका १९ वटै उद्योग बन्द गरेर आन्दोलनमा उत्रिएको जनाइएको छ । हालसम्म लाइन काटिएका उद्योगीहरूले टीओडी मिटरको प्रमाण भए महसुल तिर्न तयार रहेको बताउँदै आएका छन् । उनीहरूले प्रयोग नै नगरेको बिजुलीकाे महसुल नतिर्ने बताउँदै आएका हुन् ।

उद्योगीले बक्यौता बुझाउने प्रतिवद्धता जनाएपछि मात्र लाइन जोडिने मिश्रले बताए । भैरहवा वितरण केन्द्र अन्तर्गत ६ वटा उद्योगले ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गरेवापतकाे ७८ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

प्राधिकरणले दुईसाता अगाडिदेखि पटक/पटक गरी २३ उद्योगमा बिजुलीको लाइन काटिसकेको छ । जसबाट सबैभन्दा बढी भैरहवा र पूर्वी क्षेत्रका उद्योगी मारमा परेका छन् । प्राधिकरणका अनुसार ६१ उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता बाँकी छ । प्राधिकरणले बक्यौता बाँकी रहेका ६१ वटै उद्योगको बिजुली काट्ने घोषणा यसअघि नै गरिसकेको छ ।

यी हुन् बन्द भएका उद्याेगहरू

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit