विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निशेधाज्ञा कुखुलो भएसँगै विद्युतको माग बढ्न सुरु गरेको छ । ७ हप्ताको कडाईपछि निशेधाज्ञा कुखुलो भई देशभर आर्थिक गतिविधि बढ्न थालेकाले विद्युतको माग पनि बढ्न सुरु गरेको हो ।

निशेधाज्ञा जारी राखेरै व्यापार व्यवसाय सञ्चालन गर्न अनुमति दिएपछि विद्युत खपत बढ्न थालेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदत तिम्सिनाले बताए । ‘निशेधाज्ञा अवधिमा १ हजार देखि साढे १२ सय मेगावाट हाराहारीमा विद्युतको उच्च माग देखिन्थ्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘घटेको माग निशेधाज्ञा खुकुलो भएपछि फेरि बढ्न थालेको छ ।’

उनले मंगलबार विद्युतको उच्च माग बढेर १३६४ मेगावाट पुगेको बताए । यो उच्च माग अघिल्लो दिन सोमबारको भन्दा ३० मेगावाट बढी हो ।सोमबारको उच्च माग १३३४ मेगावाट रहेको थियो । आर्थिक गतिविधि बढ्दै गएमा विद्युत माग पनि विस्तारै बढेर जाने उनले बताए ।

त्यसको अघिल्लो दिन आइतबार र शनिबारको उच्च माग क्रमशः १२८८ र ११ सय ७६ मेगावाट रहेको पनि उनले बताए । शनिबारको तुलनामा आइतबारबाट नै विद्युतको उच्च माग बढ्न थालेको प्राधिकरणले जनाएको छ ।

यो वर्ष निशेधाज्ञा अवधिमा विद्युत माग सबैभन्दा कम ९ सय मेगावाटमा झरेको थियो । सामान्य अवस्थामा विद्युतको उच्च माग १५ सय मेगावाट हाराहारीमा पुगिसकेकोमा निशेधाज्ञा सुरु भएपछि घटेर ९ सय मेगावाटसम्म झरेको थियो ।

विद्युतको माग र आपूर्ति व्यवस्थापन मिलाउन विद्युत प्राधिकरणका जलविद्युतगृह पूर्ण क्षमतामा चलेका छन् । निजी क्षेत्रका जलविद्युतगृहले पनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न थालेका छन् ।

मंगलबारको तथ्यांकअनुसार प्राधिकरणका जलविद्युतगृहको उत्पादन ४ सय मेगावाट छ । निजी क्षेत्रले ४४० मेगावाटको योगदान गरेको छ भने भारतबाट ५२४ मेगावाट विद्युत आयात भएको प्राधिकरणले जानकारी दिएको छ ।

बर्षासँगै नदी तथा खोलामा आएको बाढीले पुर्याएको क्षतिका कारण निजी क्षेत्रका केही जलविद्युतगृहको उत्पादन बन्द भए पनि सञ्चालनमा रहेका जलविद्युतगृहले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit