विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

नयाँ दिल्ली । भारतले सौर्य ऊर्जा प्रणालीबाट हुने विद्युत उत्पादन १८ गुणा बढाएको छ । उसले पछिल्लो ७ वर्ष (सन् २०१४ देखि २०२१ सम्म) मा सौर्य ऊर्जाका विद्युत आयोजनामा लगानी गरी विद्युत उत्पादन परिमाण पनि बढाएको हो ।

सन् २०१४ मा २ हजार ६ सय ३० मेगावाट सौर्य विद्युत उत्पादन हुँदै आएकोमा सन् २०२१ सम्म आइपुग्दा यो बढेर ४७ हजार ६ सय ६० मेगावाट पुगेको त्याँका भारतीय वातावरण मन्त्री आश्विनी चौबेलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मन्त्री चौबेले त्यहाँको राज्यसभा संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा ७ वर्षमा सौर्य विद्युत आयोजनाबाट प्रणालीमा थपिएको विद्युतका बारेमा जानकारी गराएका हुन् । 

‘जलवायु परिवर्तनको असर न्युनिकरण गर्ने राष्ट्रिय योजना तथा लक्ष्य अनुसार जलवायु अनुकुलनका लागि सरकारले काम गरिरहेको छ,’ उनले भने, ‘यसका सौर्य ऊर्जा उत्पादनमा सफलता मिलेको छ ।’ उनले सरकारको ‘उजला योजना’ अन्तर्गत देशभरमा ३६ करोड ७८ लाख बढी एलइडि बल्ब वितरण गरिएको बताए ।

सौर्य ऊर्जा उत्पादनमा भएको वृद्धिले १ करोड ३२ लाख ८० हटार टन तेलको खपत कम गर्न सकिएको उनले बताए । साथै, ६ करोड १३ लाख ४० हजार टन कार्बनडाइअक्साइ उत्पादन पनि घटेको छ ।

ऊर्जा उत्पादनमा कोइलामाथिको परनिर्भरता घटाउन भारतले नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउँदै लगेको छ । एक वर्षभित्रमा नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन हुने विद्युतको जडित क्षमता १ लाख ७५ हजार मेगावाट पुर्याउने भारतको लक्ष्य छ । सन् २०२२ भित्र सौर्य विद्युत आयोजनाको उत्पादनको जडित क्षमता मात्रै १ लाख मेगावाट पुर्याउने महत्त्वकांक्षी लक्ष्यसहित नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी गरिएको छ ।

निर्माण सम्पन्न भइसकेका र निर्माणाधीन सौर्य विद्युत आयोजनाको जडित क्षमता १ लाख ७ हजार मेगावाट नाघिसकेको छ । थप २४ हजार ५ सय ६० मेगावाटका सौर्य विद्युत आयोजना ठेक्का प्रक्रिया पूरा भई निर्माणमा जाने चरणमा छन् ।

भारतले चालू आर्थिक वर्षको अक्टोबरसम्ममा सौर्य विद्युत आयोजनाबाट ७ हजार ५ सय ५५ मेगावाट विद्युत प्रसारण प्रणालीमा जोडेको छ । यसअघि आर्थिक वर्ष २०२०–२१ मा ७ हजार ८ सय ६६ मेगावाट र २०१९–२० मा ९ हजार ६१ मेगावाट नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादित विद्युत प्रसारण प्रणालीमा थपेको थियो ।

चालू आर्थिक वर्षभित्र कूल मागको २० प्रतिशत विद्युत नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन हुनुपर्नेछ । सन् २०२६ सम्ममा यो परिमाणलाई बढाएर २४ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । 

भारतको कूल ऊर्जा उत्पादनको ७० प्रतिशत विद्युत कोइलामा आधारित थर्मल प्लान्टबाट उत्पादन हुँदै आएको छ । कोइलामा आधारित थर्मल प्लान्टबाट अधिक कार्बन उत्सर्जन गर्ने देशीको सूचीमा परेको भारतलाई यो परिमाण घटाउँदै लैजानु पर्ने चुनौती छ । 

भारतले हालै, स्टकल्याण्डमा सम्पन्न जलवायु सम्मेलनमा सन् २०७० भित्र कार्बन उत्सर्जनलाई शून्यमा सार्ने प्रतिबद्धता जनाइसकेको छ । यस कारण पनि उसलाई नवीकरणीय ऊर्जा उत्पादन बढाउँदै लैजानु पर्ने बाध्यता छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit