विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

नयाँ दिल्ली । जलवायु परिवर्तनले पृथ्वीमा परिरहेको प्रतिकुल असरबारे जागरुकताका लागि भारतको नयाँ दिल्लीमा १ घन्टा बत्ती निभाइने भएको छ । ‘अर्थ आवर’को अवसर पारेर शनिबार (मार्च २७) राति बत्ती तथा विद्युतीय उपकरण निभाउन लागिएको हो ।

जलवायु परिवर्तनका कारण वातावरणमा परिरहेको प्रतिकुल असरबारे जनचेतना जगाई यसको न्युनिकरण गर्नका लागि तत्काल काम कारबाही अघि बढाउने उद्देश्यले बत्ती तथा विद्युतीय उपकरणको ‘स्वीच अफ’ गर्न गरिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दिल्लीमा विद्युत वितरण गर्दै आएको बिएसइएस डिस्कोम्सले राति ८.३० देखि ९.३० बजेसम्म १ घन्टा बत्ती तथा विद्युतीकरण बन्द गर्न सबै ग्राहक वर्गमा आग्रह गरेको छ । डिस्कोम्सले पृथ्वीलाई दिगो ग्रह बनाउने दायित्व मानव जातीको भएकाले बत्ती निभाएर सहयोग गरिदिन भनेको छ ।

दिल्लीमा डिस्कोम्सको विद्युत सेवा उपयोग गर्ने ४५ लाख ग्राहक छन् । उनले आफ्नो प्रणालीबाट सेवा लिएका १ करोड ८० लाख जनतालाई बत्ती तथा विद्युतीय उपकरण निभाउन विनम्रताका साथ अनुरोध पनि गरेको छ ।

उसले पृथ्वी भावी पुस्ताको पनि भएकाले बत्ती तथा विद्युतीय उपकरणको स्वीच बन्द गरेर प्रकृतिको संरक्षणका बारेमा बोल्न भनेको छ । साथै, डिस्कोम्सले पृथ्वीको आयु लम्ब्याउने हो भने हरित ऊर्जाको उपयोगमा जान जोड दिएको छ ।

उसले नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन हुने सौर्य विद्युत, तथा विद्युतीय सवारी र ऊर्जा दक्षताको विकल्पमा जान दिल्लीबासीलाई आग्रह गरेको छ । १ घन्टासम्म घर, कार्यालय, उद्योगलागायतको बत्ती तथा उपकरण नचलाउने अभियानमा दिल्लीमा विद्युत वितरण गर्ने बिआरपिएल र बिवाइपिएल पनि सहयोग गर्ने भएका छन् ।

रियसान्स पुर्वाधार लिमिटेड र दिल्ली सरकारले पनि बत्ती निभाउने भएका छन् । दिल्ली सरकारले आफु मातहतका ४ सय कार्यालयको बत्ती तथा विद्युतीय उपकरण बन्द गर्नेछ ।

‘अर्थ आवर’ विश्व व्यावी प्राकृतिक कोष (डब्ल्युडब्ल्युएफ) ले हरेक वर्ष सञ्चालन गर्दै आएको कार्यक्रम हो । यो कार्यक्रम अन्तर्गत कोषले विद्युतका घरायसी तथा व्यापारिक ग्राहकलाई १ घन्टाका लागि अनावश्यक बत्ती तथा विद्युतीय उपकरण बन्द गर्न आग्रह गर्दै आएको छ ।

भारतीय सञ्चार माध्यमहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit