विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतले १ वर्षमा रुफटफ सोलारबाट १७ सय मेगावाट विद्युत आफ्नो प्रणालीमा थप गरेको छ । कोइलामा आधारित थर्मल प्लान्टबाट हुने उत्पादन घटाउन नवीकरणीय ऊर्जामा जोड दिँदै आएको भारतले सन् २०२१ मा रुफटफ सोलार आयोजनाबाट अहिलेसम्म कै बढी विद्युत उत्पादन गरेको हो ।

मेरकोम इन्डियाले केही दिनअघि सार्वजनिक गरेको अध्ययन रिपोर्टअनुसार यो उत्पादन अघिल्लो वर्षको यहि अवधिको तुलनामा ९११ मेगावाट (१३६ प्रतिशत) बढी हो । अघिल्लो वर्ष यहि अवधिमा सोलार रुफटफबाट ७१९ मेगावाट विद्युत उत्पादन भएको थियो ।

गत वर्ष आवास तथा व्यापारिक स्थलहरूमा राखिएको रफटफ सोलारबाट क्रमशः ३५ र ३३ प्रतिशत विद्युत उत्पादन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उद्योगहरूमा लगायएको रुफटफ सोलारबाट पनि २६ प्रतिशत विद्युत प्रणालीमा आएको रिर्पोटमा उल्लेख छ ।

भारतको गुजरात राज्यले रुफटफ सोलारबाट सबैभन्दा बढी विद्युत प्रणालीमा दिएको छ । रुफटफ सोलारबाट थपिएको कूल थपिएको विद्युतमा उसको हिस्सा २७ प्रतिशत छ । महाराष्ट्र र राजस्थानले क्रमशः १४ र १० प्रतिशत विद्युत प्रणालीमा थप गरेका छन् । 

अरु उत्पादन अरु १० वटा राज्यले थपेको रिर्पोटमा जनाइएको छ । बाँकी ६ प्रतिशत विद्युत सरकारी कार्यालयको रुफटफका सौर्य विद्युत आयोजनाबाट थपिएको छ । 

‘रुफटफ सोलार आयोजनाका लागि गएको वर्ष अहिलेसम्म कै उत्कृष्ट बन्यो,’ मेरकोम समूहका प्रमुख कार्यकारी अधिकृत राज प्रभुले भने, ‘नेट मिटररिङ नियमन प्रक्रियाले आवासीय, व्यापारिक तथा औद्योगिक क्षेत्रका उपभोक्ताको मागअनुसार रुफटफ सोलार आयोजनाबाट हुने विद्युत उत्पादन बढाउन सम्भव भएको छ ।’

उनले सन् २०२२ मा उत्पादन लागत बढ्ने देखिए पनि रुफटफ सोलारबाट अघिल्लो वर्षकोभन्दा बढी विद्युत थप गर्न सकिने सम्भावना रहेको बताए । रिर्पोटका अनुसार रुफटफ सोलारमा जडान हुने उपकरणको मूल्यवृद्धि नभएको भए उत्पादन अझै बढ्ने सम्भावना देखिएको थियो । 

उपकरण तथा सेवा शुल्क (जिएसटी) मा भएको भारी वृद्धिको असर रुफटफ सोलार जडानमा पनि देखिएको हो ।  गत वर्ष रुफटप सोलार प्रणाली जडान अघिल्लो वर्षको तुलनामा १४.७५ प्रतिशत महंगो हुन पुगेको थियो । सेवा शूल्क पनि १२ प्रतिशत बढेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit