विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्ने प्रक्रिया अघि बढेको बताएका छन् । यसकाे थालनी वीरगन्ज र विराटनगरका उद्योगबाट  सुरु हुने बताइएकाे हाे ।

पहिलाे चरणमा वीरगन्ज र विराटनगरमा परीक्षणको रूपमा २४ घन्टा विद्युत आपूर्ति गरेर लोडसेडिङ हटाउने याेजना छ । मन्त्री पुनले यसअघि बैशाखकाे अन्त्यदेखि अाैद्याेगिक क्षेत्रकाे लाेडसेडिङ पनि हट्ने बताउँदै अाएका थिए ।

‘३ दिनदेखि वीरगन्ज र विराटनगरका उद्योगमा नियमित आपूर्ति भइरहेको छ,’ मंगलबार मन्त्रालयकाे नीति तथा कार्यक्रमसहितकाे श्वेतपत्र जारी गर्दै पुनले  भने, ‘यो महिनाको अन्तिम दिनभित्र सबै उद्योग लोडसेडिङ मुक्त हुन्छन् ।’

असारमा आन्तरिक उत्पादन बढेपछि प्रक्रिया सुरु गर्ने योजना भए पनि सम्भव भएसम्म माग व्यवस्थापन गर्न परीक्षणका लागि आपूर्ति नियमित गरिएको पनि मन्त्री पुनले बताए ।’ अबको दशक ऊर्जा दशक’ हुने भन्दै उनले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न ऊर्जा र सिँचाइले चालकको भूमिका निर्वाह गर्ने बताए ।

ऊर्जाले उद्योग, पर्यटन र औद्योगिकरण गर्न पूर्वाधार दिने र सिंँचाइले कृषिमा आधुनिकीकरण र आत्मनिर्भरता ल्याउने मन्त्री पुनकाे भनाइ छ ।१० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने र उक्त अवधिमा १० हजार मेगावाट स्वदेशमै खपत गर्ने गरी पूर्वाधार निर्माण गर्ने मन्त्रालयकाे याेजना छ । बूढीगण्डकी, तमोर, पश्चिम सेतीलगायत आयोजना विकासलार्इ पनि तीव्रता दिइने मन्त्री पुनले बताए ।

बूढीगण्डकी आयोजना निर्माण गर्न ठेक्का प्रक्रिया आह्वान गरेर योग्यलाई दिइने उनको भनाइ छ । उनका अनुसार तमोर आयोजना विकास गर्न आगामी आर्थिक वर्षबाट विस्तृत अायाेजना प्रतिवेदन (डिपिआर) को काम सुरु गरिनेछ ।  देशभर प्रसारण लाइन निर्माणमा समस्या रहेको स्मरण गर्दै उनले अब बन्ने आयोजनामा स्थानीयलाई पनि स्वामित्व दिई अपनत्व कायम गराएर अवरोध हटाइने बताए ।

मन्त्रालयले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा दिएर ऊर्जा जलस्रोत तथा सिँचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रसहितको स्वेतपत्रमा समृद्ध देशकाे परिकल्पना गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३