काठमाडाैं । सरकारले सिमेन्ट, फलामजन्य उद्योग तथा तारे होटेलसम्म प्रसारण लाइन तथा पहुँचमार्ग निर्माण गर्न ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संसदको दुवै सदनमा आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तृत गर्दै अर्थ मन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।