विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालू आर्थिक वर्ष (२०७८/७९) को साउनदेखि फागुन मध्यसम्म नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रबाट उत्पादित विद्युतकाे परिमाण ६२१ मेगावाट पुगेकाे छ । यसमध्ये सहायक कम्पनीबाट ४५६ मेगावाट (माथिल्लाे तामाकाेसी) र निजी क्षेत्रबाट १६५ मेगावाट विद्युत उत्पादन भएकाे छ ।

यस अवधिमा १६ विद्युत आयोजना निर्माण सम्पन्न भई प्रणालीमा थपिएका छन् । यी मध्ये केही आयोजना अहिले परीक्षण उत्पादनको चरणमा छन् । प्रणालीमा आएकाेमा ६११.३ मेगावाटका १३ जलविद्युत र १० मेगावाटका ३ सौर्य विद्युत आयोजना छन् । प्रणालीमा जोडिएका मध्ये सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना रहेको छ । यो आयोजना प्राधिकरणको सहायक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले दोलखामा निर्माण गरेको हो । 

यो आयोजनाको परीक्षण उत्पादन अघिल्लो आर्थिक वर्षको असारबाटै भएता पनि व्यापारीक उत्पादन गत भदौ ४ गतेबाट भएको प्राधिकरण विद्युत व्यापार विभागले जनाएको छ । यस्तै, ५ मेगावाटको रिचेत खोलाले साउन २८ गतेदेखि व्यापारीक उत्पादन सुरु गरेको हो । निजी लगानीमा रिचेत जलविद्युत कम्पनीले निर्माण गरेको आयोजना हो ।

दोलखामा निर्माण सम्पन्न भएको २५ मेगावाटका सिंगटी खोलाको विद्युत साउन २ गतेदेखि प्रणालीमा जोडिएको थियो । आयोजनाले १७ गतेदेखि व्यापारीक उत्पादन सुरु गरेको थियो ।

१३२ केभी सिंगटी-लामोसाँघु प्रसारण लाइनको ढिलाईले निर्माण पूरा भएको करिब डेढ वर्षपछि मात्र प्रणालीमा जोडिएको थियो । यो अवधिमा प्रणालीमा आउनेमा सामलिङ पावरले निर्माण गरेको ९.६ मेगावाटको माई बेनी, ग्रिन भेन्चर्स निर्माण गरेको  ५२.४ मेगावाटको लिखु–४ आयोजना छन् । 

माई बेनीले असोज १ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो । यो आयोजनाले उत्पादन गरेको विद्युत विद्युत काबेली कोरिडोरको १३२÷३३ केभी गोदक सबस्टेसनमा जोडिएको छ ।

असोजमै २० मेगावाटको तल्लो मोदीको विद्युत प्रणालीमा जोडिएको छ । आयोजनाको विद्युत असोज १४ गतेबाट व्यापारिक उत्पादन सुरु भई न्यू मोदी सबस्टेसनमा जोडिएको हो । यही अवधिमा युनिभर्सल पावर कम्पनीको ११ मेगावाटको तल्लो खारे खोला, एसियन हाइड्रो पावरले निर्माण गरेको ६.२ मेगावाटको तल्लो जोगमाई आयोजना सम्पन्न भई प्रणालीमा आएका छन् ।

कात्तिकमा लिखु-४,  तल्लो जोगमाई र तल्लो खारेले निर्माण पूरा भई उत्पादन सुरु गरेका हुन् । लिखु–४ को विद्युत कात्तिक ६ गते विद्युतगृहदेखि १७ किलोमिटर दुरीमा रहेको २२० केभी न्यू खिम्ती सबस्टेसनमा जोडिएको छ ।

खारेको विद्युत १३२ केभी सिंगटी सबस्टेसनमा र जोगमाइको १३२ केभी काबेली कोरिडोरको गोदक सबस्टेसनमा जोडिएको छ । ४ मेगावाटको माथिल्लो छ्याङदीको मंसिर ६ गते, ६.६ मेगावाटको साप्सुप खोलाको विद्युत मंसिर ११ गते प्रणालीमा जोडिएको छ ।

यस्तै, माघमा २.४ मेगावाटको स्याङ्गे खोलाको विद्युत प्रणालीमा जोडिएको छ । अप्पर स्याङ्गे हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत १९ गतेदेखि ३३ केभी लाइनमार्फत १२ किलोमिटर दुरीमा रहेको खुदी सबस्टेसनमा जोडिएको छ । अहिले जलविद्युत केन्द्रबाट २४ घन्टामा २६ हजार युनिट विद्युत उत्पादन भइरहेको आयोजनाका इन्जिनियर जिवन केसीले बताए ।

फागुनमा पनि १३.५ मेगावाटका दुई जलविद्युत आयोजनाको विद्युत प्रणालीमा जोडिएको छ । ८.५ मेगावाटको माथिल्लो हेवा र ५ मेगावाटको तादी खोलाको विद्युत प्रणालीमा जोडिएको हो । अप्पर हेवा खोला हाइड्रो पावर कम्पनीले संखुवासभामा निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत गत १५ गतेदेखि प्रणालीमा जोडिएको हो ।

बुद्धभूमि हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको तादी खोलाको विद्युत गत शुक्रबार (फागुन २० गते) देखि प्रणालीमा जोडिएको हो । आयोजनाको विद्युत २ किलोमिटर दूरीमा रहेको समुद्रटार सबस्टेसनमा जोडिएको छ ।

यो अवधिमा १० मेगावाटका ३ सौर्य आयाजनाको विद्युत प्रणाली जोडिएको छ । तनहुँको बेलचौतारामा निर्माण भएको ५ मेगावाटको सौर्य विद्युत आयोजना पनि गत भदौ २९ गतेदेखि प्रणालीमा जोडिएको छ । यो आयोजनाको विद्युत खैरेनीटार सबस्टेसनमा जोडिएको छ ।

अपि पावर कम्पनीले निर्माण गरेको ४ मेगावाटको चन्द्रनिहापुर र १ मेगावाटको ढल्केबर सौर्य आयोजनाको विद्युत प्रणालीमा जोडिएको छ । 
यो अवधिमा ४६ मेगावाटकोे दुई जलविद्युत आयोजनाको निर्माण पुरा भई परीक्षण भइरहेको छ । ३६ मेगावाटको बलेफी ‘ए’ र १० मेगावाटको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी परीक्षण भइरहेको हो ।

सिन्धुपाल्चोकमा परीक्षण भइरहेको बलेफी ‘ए’ आयोजना बलेफी हाइड्रो पावर कम्पनीको र पाँचथरमा निर्माण सम्पन्न गरी परीक्षण भइरहेको काबेली बी–१ क्यासकेडको अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको हो । यो अवधिमा ८६ मेगावाटका आयोजनाको विद्युत प्रणालीमा आउन सकेको छैन । २ जलविद्युत आयोजनाका प्रवद्र्वकले आफ्नौ दायित्वमा रहेको प्रसारण लाइनको काम समयमा सम्पन्न गर्न नसक्दा ३७ मेगावाट विद्युत प्रणालीमा जोडिन सकेको छैन् ।

सुरी हाइड्रो पावर कम्पनीले प्राधिकरणको सबस्टेसनसम्म निर्माण गर्नुपर्ने लाइन सम्पन्न गर्न नसक्दा सुरी खोलाको ७ मेगावाट विद्युत प्रणालीमा आउन सकेको छैन् । यस्तै, एमभी दुगड समूहले पनि न्यू खिम्ती सबस्टेसनसम्म आइपुग्ने प्रसारण लाइन निर्माण पूरा नगर्दा ३० मेगावाटको लिखु ‘ए’ को विद्युत प्रणालीमा जोडिन नसकेको हो । यो आयोजना निर्माणको काम गत भदौमा नै सम्पन्न भइसकेको छ ।

यस्तै, न्यादी खोलाको ३० मेगावाट विद्युत पनि खेर गइरहेको छ । चिनियाँ लगानीमा निर्माण भएको माथिल्लो मर्स्याङदी ‘ए’ जलविद्युत केन्द्रले असहयोग गरेपछि न्यादीको विद्युत खेर गइरहेको हो ।

वैकल्पिक रुपमा भुलभुले–मर्स्याङ्दी प्रसारण लाइनमा जोड्ने तयारी गरिएकामा त्यो सम्भव नभएपछि विगत १ महिलादेखि विद्युत खेर गइरहेको न्यादी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । प्राधिकरणले न्यादीको विद्युत जोड्ने अनुमति दिन पत्राचार गरेपनि माथिल्लो मर्स्याङदी ‘ए’ को प्रवर्द्धक सिनो हाइड्रो सगरमाथाले अनुमति नदिएको अवस्थामा आफैं सबस्टेसन निर्माण गर्नुपर्ने अवस्था आएको कम्पनीले जनाएको छ ।

यसअघि आयोजनाको विद्युत २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको खुदी सबस्टेसनमा जोड्ने तय भएको थियो । खुदी सबस्टेसन निर्माणको चरणमा रहेकोले वैकल्पिक रुपमा मर्स्याङदी ‘ए’ को विद्युतगृहभन्दा तलको भुलभुले–मर्स्याङ्दी प्रसारण लाइनमा जोड्नुपर्ने भएको हो ।

प्राधिकरणले प्रसारण लाइन सम्पन्न गर्न नसक्दा उपल्लो र माथिल्लो खिम्तीको १९ मेगावाट विद्युत पनि खेर गइरहेको छ । प्राधिकरणले गर्जाङ–खिम्ती प्रसारण लाइन निर्माणमा भइरहेको ढिलाइका कारण यी आयोजनाको विद्युत खेर गइरहेको हो । 

लाइन निर्माण पूरा नहुँदा २०७७ फागुनमा निर्माण सम्पन्न भएको दुई आयोजनाको विद्युत प्रणालीमा आउन सकेको छैन् । ८० प्रतिशत बढी निर्माण पूरा भएकोले २ महिनाभित्र पूरा गर्ने प्राधिकरणले बताउँदै आएको छ ।

सरकारले चालू आर्थिक वर्षमा करिब १६ सय मेगावाट विद्युत प्रणालीमा जोडिने प्रक्षेपण गरेको छ । निर्माण अन्तिम चरणमा पुगी विविध कारणले गत आर्थिक वर्षमा आउन नसकेका तथा विद्युत खरिद सम्झौता (पिपिए) अनुसार उत्पादन हुने आयोजना चालू आर्थिक वर्षमा प्रणालीमा जोडिने अपेक्षा गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३