विद्युत अपडेट

  • प्राधिकरण : ९५९५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५००० मे.वा.घन्टा
  • आयात : ५९८२ मे.वा.घन्टा
  • निर्यात : १८९४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५२८४२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २५७४ मे.वा.
२०८२ जेठ २८, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

काठमाडौँ । संखुवासभामा ४.१ मेगावाटको सुपर सभाखोला साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । सभापोखरी गाउँपालिका स्थित सभा खोलाको पानीलाई उपयोग गर्दै संखुवासभा पावर डेभलपमेन्ट प्रालिले आयोजना निर्माण गर्न लागेको हो । नदी प्रवाहमा आधारित उक्त आयोजना निर्माणका लागि कम्पनीले विद्युत् उत्पादन अनुमति पत्रको माग गर्दै विद्युत् विकास विभाग आवेदन दिएको छ । 

आयोजनाबाट वार्षिक सरदर २२.५४ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने बिजुलीलाई १९.५ किलोमिटर लामो ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत् नेपाल विद्युत् प्राधिकरणको तुम्लिङटार सबस्टेसनमा जोडिने छ ।

प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण (आइइई) प्रतिवेदन तयार भइसकेको छ । आयोजना निर्माण सुरु भएको २ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ।

आयोजनाले उल्लेखनीय वातावरण प्रभाव पार्ने भए ३५ दिनभित्र लिखित राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न आग्रह गर्दै विभागले बुधबार सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३