विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज ४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । शैलुङ पावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी खोलामा पहिचान भएकाे ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत आयोजनाकाे काम दुइ वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढाएकाे छ । कम्पनीले आयोजनाकाे सिभिल संरचनाकाे काम अघि बढाउन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको हाे ।

कम्पनीकाे नाममा अनुमतिपत्र जारी गर्न विभागले यसबाट पर्ने असरका विषयमा सरोकारवालासँग राय/सुझाव मागिएको छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र सुझाव दिन पनि माग गरेको छ । 

नदीको बहावमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाको वहाव डिजाइन ४३.९८ घनमिटर प्रति सेकेन्ड र कुल हेड ११३.५० मिटरको हुनेछ । आयोजनाबाट वार्षिक सरदर २४१.४७ गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाको मुख्य संरचनाहरू भोटेकोसी खोलाको बायाँ किनारामा पर्दछ । बाँधस्थल बाह्रबीसे बजारबाट १८ किलोमिटर पर भाटेकोसी गाउँपालिका पर्दछ । बाँध भोटेकोसी खोला र चाकु खोलाको सङ्गम स्थलबाट ३.०७९ किलोमिटरमा पर्दछ । विद्युत गृह भाटेकोसी खोला र चाकु खोलाको सङगम स्थलबाट करिब ४ सय मिटर माथि पर्दछ । 

उत्पादित विद्युतलाई विद्युत गृह नजिकै स्वीचर्याड निर्माण गरी १.५ किलोमिटर लामो १३२ केभी को डबल सर्किट प्रसारण लाइन मार्फत २२ मेगावाटको अप्पर चाकु खोला ‘ए’ जलविद्युत आयोजनाको १३२ केभी सिङगल सर्किट प्रसारण लाइनमा जाेडिनेछ ।

याे आयोजना पूरा गर्न  कूल ७९७.५० करोड रुपैयाँ लागत अनुमान गरिएकोमा २०३.५० करोड रुपैयाँ स्वपुँजी लगानी हुनेछ । आयोजनामा ४ वित्तीय संस्थाले ५९४ करोड रुपैयाँ लगानी गर्ने गरी सम्झौता भइसकेकाे छ।

२०७५ असार १५ गते विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेको आयोजनाबाट २०८० कात्तिक १ गते विद्युत उत्पादन गर्नुपर्ने तालिका तोकिएको छ । हिउँदका ६ महिना प्रतियुनिट ८.४० रुपैयाँ र बर्खाका ६ महिना प्रतियुनिट ४.८० रुपैयाँमा पिपिए गरिएको छ ।

आयोजनाबाट विद्युत उत्पादन भएको पहिलो वर्ष १३६.४६ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । आन्तरिक प्रतिफल १४.४६ प्रतिशत रहेको आयोजनाबाट वार्षिक ४ करोड २३ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । बालुवा थिग्रयाउने पोखरी सतहमा निर्माण हुने भए पनि विद्युतगृह भूमिगत रहने गरी अध्ययन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३