विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैँ । अपि पावर कम्पनी लिमिटेडको प्रमुख लगानी रहेको ९.७ मेगावाटको इङ्वा खोला जलविद्युत् आयोजनाको सुख्खा परीक्षण (ड्राइ टेस्ट) सम्पन्न भएको छ । इङ्वा खोला हाइड्रो पावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको सबै परीक्षण पूरा गरी आगामी फागुनभित्र व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य छ ।

गत माघ १९ गते आयोजनाको ड्राइ टेस्ट पूरा गरी प्रसारण लाइन प्रसारण लाइन चार्ज गर्ने तयारी भइरहेको जनाइएको छ । प्रसाराण लाइन चार्जको काम एक साताभित्र पूरा हुने इङ्वा हाइड्रो पावरका वित्त प्रबन्धक गोकुल पाण्डेले जानकारी दिए ।

पाँचथर जिल्लामा अवस्थित नदी प्रवाही (आरओआर) आयोजनाको निर्माण २०७७ साल माघ १ गतेबाट सुरु भएकोमा २०८० साल साउनभित्र सम्पन्न गर्ने लक्ष्य थियो । गत असार १ र २ गते पूर्वी भूभागमा गएको भीषण बाढी–पहिरोका कारण आयोजनामा केही क्षति पुग्न गएको हुँदा व्यापारिक उत्पादन अवधि पछाडि सर्न गएको कम्पनीले जानकारी दिएको छ ।

उक्त क्षतिपश्चात् कम्पनीले पुनर्निर्माणको कार्य तीव्र गतिमा सम्पन्न गरी आगामी फागुन मसान्तभित्र विद्युत उत्पादन गर्ने अवस्थामा पुर्‍याएको अपि पावरका सञ्चालक द्वारिकाप्रसाद न्यौपानेले बताए । उनका अनुसार यस आयोजनामा अपि पावरले १५ करोड रुपैयाँ लगानी गरेको छ ।

‘इङ्वा खोलाको व्यापारिक उत्पदनपछि यसबाट अपि पावरलाई राम्रो मुनाफा हुने अपेक्षा गरिएको छ,’ न्यौपानेले ऊर्जा खबरसँग भने, ‘हामी यसरी नै अन्य आयोजनामा समेत लगानी बढाउँदै जानेछौँ ।’ कम्पनीका अनुसार आयोजनामा युरोपियन कम्पनी जेपर्ट अष्ट्रिया जिएमबिएचका अत्याधुनिक उपकरणहरू जडान गरिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत १६ किलोमिटर लामो ३३ केभी डबल सर्किट प्रसारण लाइनमार्फत अमरपुर सबस्टेशनमा जोडिने छ । प्रसारण लाइनको सम्पूर्णका पूरा भइसकेको छ ।

अनुमानित कुल लागत २०६ करोड रुपैयाँ रहेको आयोजनामा ग्लोबल आइएमई बैंक लिमिटेड तथा नबिल बैंक लिमिटेडको लगानी छ । इङ्वा हाइड्रो पावरमा संस्थापक सेयर ४२ करोड रुपैयाँ तथा साधारण सेयर (आइपिओ) मार्फत बाँडफाँट भएको सर्वसाधारणतर्फको १८ करोड रुपैयाँ गरी जम्मा चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३