विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । खुवासभाको भोटेखोला गाउँपालिकामा पहिचान भएको ६३ मेगावाटको छुजुङ्ग खोला आंशिक जलाशय जलविद्युत आयोजनाको विस्तृत अध्ययन हाइड्रो कन्सल्ट इन्जिनियरिङ कम्पनीले गर्ने भएको छ । सांग्रिला ऊर्जा प्रालिले निर्माण गर्न लागेको आयोजनाको विस्तृत अध्ययन हाइड्रो कन्सल्टले गर्न लागेको हो ।

आयोजनाको विस्तृत अध्ययन गर्न बिहीबार (बैशाख २१ गते) प्रवर्द्धक कम्पनी र हाइड्रो कन्सल्टबीच सम्झौता भएको छ । सम्झौता अनुसार हाइड्रो कन्सल्टले आयोजनाको विस्तृत अध्ययन गर्नुका साथै ठेक्का आह्वानका लागि आवश्यक कागजात पनि तयार गर्नेछ । आयोजनाको विस्तृत अध्ययन तथा ठेक्का आह्वानका लागि आवश्यक कागजात तयार गर्न बढीमा डेढ वर्ष लाग्ने हाइड्रो कन्सल्टले जनाएको छ ।

कम्पनीले अघि बढाउन लागेको आयोजनामा ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजनाको प्रवर्रद्धक घलेम्दी हाइड्रो पावरले स्वपूँजी लगानी गर्ने भएको छ । कम्तीमा स्वपूँजीको कम्तीमा ५१ प्रतिशत लगानी गर्न कम्पनीले १ः२ अनुपातको हकप्रद सेयर निष्कासन गर्दैछ ।

कम्पनीले आयोजनाको सिभिल संरचना, उपकरण जडान तथा परीक्षणको २०८४ मंसिरभित्र  सम्पन्न गर्नेगरी निर्माण प्रक्रिया अगाडी बढाएको छ । नदीको बहावमा आधारित (पिकिङ रन अफ रिभर) प्रकारको आयोजनाको वहाव डिजाइन ८.४१ घनमिटर प्रतिसेकेन्ड र कुल हेड ९३८ मिटर हुनेछ । यो आयोजनाबाट वार्षिक सरदर ३७१.८४८ गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाको मुख्य संरचनाहरू खोलाको दायाँ किनारमा पर्दछ । छुजुङ्ग खोलामा बाँध बाधी खोलाको दायाँपट्टी निर्माण हुने इन्टेक पाइपबाट पानी फकाई सो पानीलाई आयोजनाको मुख्य संरचनाहरू हुँदै विद्युत गृहमा लगिनेछ र तत्पश्चात् टेलरेस टनेल मार्फत पानीलाई सोही खोलामा पठाइनेछ ।

उत्पादित ऊर्जालाई ११्र/१२० केभीको ५५ किलोमिटर लामो दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको प्रस्तावित शितलपाटी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ ।

आयोजनाको थप विवरण

आयोजनाको नाम : छुजुङ्ग खोला

प्रवद्र्धक : सांग्रिला ऊर्जा प्रालि

निर्माणस्थल : संखुवासभा

विस्तृत अध्ययनको जिम्मा : हाइड्रो कन्सल्ट इन्जिनियरिङ कम्पनी

वार्षिक ऊर्जा : ३७१.८४८ गिगावाट घन्टा

प्रसारण लाइन : ५५ किलोमिटर (११/१२० केभी)

सबस्टेसन : शितलपाटी 

विद्युत उत्पादन लक्ष्य : २०८४ मंसिर

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit