विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । संखुवासभामा ६.३ मेगावाटको सभाखोला ‘सी’ जलविद्युत आयोजना निर्माण हुने भएको छ । अर्बिट इनर्जी प्रालिले सभापोखरी गाउँपालिका भएर बग्‍ने सभाखोलाको पानीलाई उपयोग गरी आयोजना निर्माण गर्न लागेको हो ।

प्रस्तावित आयोजनाको सम्भाव्यता र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ ।आयोजनाको मुख्य संरचनाहरू सभाखोलाको दायाँ किनारमा हेडपोण्ड तथा बायाँ किनारमा अन्य संरचना निर्माण हुनेछन् । आयोजनाकाे ११०२ मिटरको हेडरेस टनेल, ४७३ मिटर पेनस्टक पाइप निर्माण गरिने प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीले अध्ययन सकिएकाे आयोजना अघि बढाउन उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागले कम्पनीकाे नाममा अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आयोजना निर्माण र सञ्‍चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ ।

आयोजनाकाे सबै काम पूरा गरेर २ वर्ष अर्थात सन् २०२५ अगष्टभित्र उत्पादन गर्ने कम्पनीकाे लक्ष्य छ ।उत्पादित विद्युत १३२ केभी प्रसारण लाइनमार्फत  २०.५० किलोमिटर दुरीमा रहेकाे नेपाल विद्युत प्राधिकरणकाे निर्माणाधीन सितलपाटी सबस्टेसनमा जाेडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit