विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी लगानीमा ४० मेगावाटको माथिल्लो संखुवा खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । ह्याप्पी इनर्जी कम्पनीले संखुवासभाको संखुवा खोलामा संरचना रहने गरी यो आयोजना निर्माण गर्न लागेको हो ।

यो आयोजना अध्ययनको चरणमा रहेको कम्पनीका सञ्चालक तारा सुब्बाले बताए । ‘विद्युत विकास विभागबाट अनुमतिपत्र लिई आयोजनाको अध्ययन गरिरहेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले विस्तृत अध्ययन प्रतिवेदन तयार हुँदैछ ।’

कम्पनीले २०७५ असार २६ गते विभागबाट अनुमतिपत्र लिई आयोजनाको अध्ययन भइरहेको छ । उनले आयोजनाको अध्ययन सँगसँगै विद्युत खरिद सम्झौता (पिपिए) का लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिएको बताए । 

चाँडै पिपिए भएमा अबको डेढ वर्षभित्र लगानी जुटाएर आयोजनाको संरचना निर्माणको काम सुरु गरिने पनि उनले बताए । यो आयोजना सम्पन्न गर्न प्रतिमेगावाट १७ करोड रुपैयाँ (६ अर्ब ८० करोड रुपैयाँ) लागत अनुमान गरिएको छ । आयोजनाका लागि स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी जुटाइनेछ ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत प्रस्तावित २२० केभी तुम्लिङटार–शीतलपाटी प्रसारण लाइनको शीतलपाटी सबस्टेसनमा जोड्ने गरी विद्युत प्राधिकरणसँग प्रसारण सम्झौता भएको छ । सबस्टेसनसम्म आवश्यक २० किलोमिटर प्रसारण लाइन कम्पनीले नै निर्माण गर्नेछ ।

शीतलपाटीमा जोडिने गरी भोजपुर र संखुवासभामा गरी ४ सय मेगावाट बढीका आयोजना अघि बढेका छन् । अहिले ९७.२० मेगावाटको इसुवा, १४.१५ मेगावाटको तल्लो इर्खुवा, ८.७६ मेगावाटका चिर्खुवासहित ३ आयोजना निर्माणाधीन छन् ।

४५ मेगावाटको कसुवा, ४ मेगावाटको फेदीखोला, ३७.७ मेगावाटको इसुवा खोला क्यासकेड, १४.५ मेगावाटको माथिल्लो इर्खुवा, ४५ मेगावाटको अप्सुवा, २० मेगावाटको माथिल्लो अप्सुवा, १३ मेगावाटको सिसुवालगायत आयोजना निर्माणको विभिन्न चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३