विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युतको उच्च माग बढेर साढे १५ सय मेगावाट नजिक पुगेको छ । आइतबार (हिजो) यसअघिको १५२७ मेगावाटको रेकर्ड पार भई १५४२ मेगावाटको अर्को नयाँ रेकर्ड बन्न पुगेको हो ।

काठमाडौं उपत्यका सहित देशभरमा गर्मी बढेकाले आइतबार इतिहासकै बढी विद्युत खपत भएको नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभागले जनाएको छ । विभागका अनुसार हिजो अत्याधिक गर्मी भएकाले पनि विद्युतको खपत ह्वात्तै बढेको हो ।

शनिबारको उच्च माग १३८८ मेगावाट हाराहारीमा रहेकामा आइतबार १५४ मेगावाट माग थपिएको विभागका उपप्रबन्धक दीपक धितालले बताए । ‘गर्मी बढी हुँदा सधैं जसो नै विद्युतको खपत बढ्ने गरेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘हिजो पनि कर्मी बढेकाले विद्युत माग बढेको देखिन्छ ।’ उनले गर्मी बढेकाले एसी, कुलर, पंखालगायतका विद्युतीय उपकरणको प्रयोग बढेकाले खपत पनि बढ्न पुगेको बताए ।

आन्तरिक विद्युत उत्पादनबाट नै विद्युतको माग र आपूर्ति व्यवस्थापन मिलाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले हिउँदमा उच्च माग बढ्दा साढे ८ सय मेगावाट हाराहारीमा विद्युत भारतबाट आयात गरेर आपूर्ति व्यवस्थापन मिलाइएको थियो । 

अहिले स्वदेशी जलविद्युतगृह सबै पूर्ण क्षमतामा चलिरहेकाले थोरै परमाणमा विद्युत आयात गरिएको उनले जानकारी दिए । धितालका अनुसार आइतबारको विद्युत प्राधिकरणको उत्पादन ५०२ मेगावाट छ ।

प्राधिकरणको सहायक कम्पनीले ४७९ मेगावाट विद्युत उत्पादन गरेका छन् । भारतबाट १०२ मेगावाट विद्युत आयात गरेर आपूर्ति व्यवस्थापन गरिएको उनले बताए ।

आइतबार रातिदेखि देशभर नै वर्षा भएकाले सोमबारको उच्च मागमा गिरावट आउने पनि उनले बताए । यसअघि गत साउन २२ गते १५२७ मेगावाट विद्युत खपतको रेकर्ड बनेको थियो ।

कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरमा निशेधाज्ञा लागेका बेला १ हजारदेखि १२ सय मेगावाटमा झरेको माग निशेधाज्ञा खुलेसँगै क्रमशः बढिरहेको छ । उपत्यकाको माग पनि बढिरहेको छ । आइतबार इतिहासकै बढी विद्युत खपत हुँदा उपत्यकाको उच्च माग ३२० मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit