विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८७१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६४६९ मे.वा.घन्टा
  • आयात : २२११ मे.वा.घन्टा
  • निर्यात : ४६६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५१५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११७ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने २२० केभी गोंगर–खिम्ती प्रसारण लाइनमा आगो लागेको छ । बिहीबार मध्यान्ह १२ बजेको समयमा प्रसारण लाइनको तारमा अचानक आगो लागेको हो ।

जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ मा प्रसारण लाइनको २ वटा टावरको बीचमा तारको लठ्ठामा आगो लागेको हो । आगो लागेको स्थान मानव बस्तीबाट टाढा रहेकाले ठूलो क्षति हुन पाएन । तारको लठ्ठामा आगो लागेपछि प्रसारण लाइन ट्रिप हुन पुगेको थियो । लठ्ठामा आगो लागेको देखेपछि स्थानीयले माथिल्लो तामाकोसी आयोजनामा खबर गरेका थिए ।

स्थानीयको खबरपछि आयोजनाको टोली, स्थानीय र प्रहरीले आएर प्रसारण लाइनमा लागेको आगो निभाएका थिए । प्रसारण लाइन चार्ज गर्ने समयमा स्थानीयले वरपरका रुख तथा हाँगा बिँगा काट्न नदिएकाले अहिले आगो लागेको आयोजनाका अधिकारीहरूले जानकारी गराएका छन् ।

‘लाइन चार्ज गर्ने समयमा प्रसारण लाइनको तार मुनिका रुख कटान गर्न स्थानीयले दिएनन्,’ आयोजनाका एक अधिकारीले भने, ‘अहिले तिनै रुख र हाँगा बिँगा बढेर प्रसारण लाइनको तार छुने भइसकेका छन् । यही कारणले प्रसारण लाइनको तारको लठ्ठामा अचानक आगो लाग्न पुग्यो ।’

उनले प्रसारण लाइनको तार मुनिको क्षेत्रको जग्गाको क्षतिपूर्ति दिइसकेको भए पनि स्थानीयले पुरै रुख काट्न नदिएकाले बिहीबारको घटना हुन पुगेको बताए । स्थानीयले अवरोध गरेपछि आयोजनाले रुखका हाँगा मात्रै काटेर प्रसारण लाइन चार्ज गरेको थियो । प्रसारण लाइन छुने रुख हटाई अर्को सर्किटबाट लाइन चार्ज गरिएको उनले जानकारी दिए ।

आयोजनाले एक महिना अघि प्रसारण लाइन रुटमा पर्ने क्षेत्र सफा गरेर लाइन चार्ज गरेको थियो । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ४ वटा युनिटबाट ३०४ मेगावाट विद्युत उत्पादन भई प्रसारण प्रणालीमा जोडिइसकेको छ । अब २ वटा युनिटको उत्पादन सुरु हुन बाँकी छ । अहिले परीक्षण चलिरहेकाले भदौभित्र बाँकी युनिट पनि प्रणालीमा जोड्ने तयारी भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३