काठमाडौँ । गुल्मी वितरण केन्द्रअन्तर्गत विरबास सब स्टेशनमा आगलागी भएको छ । छेउमा रहेको वनमा लागेकाे आगो सबस्टेसन पसिरमा सल्किन पुग्दा आगलागी भएको केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताएका छन् ।
हाल स्थानीय नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, स्थानीयवासी तथा प्राधिकरणका कर्मचारीले आगो निभाइरहेका छन् । आगालागीपछि गुल्मीका अधिकांश ठाउँमा विद्युत् लाइन अवरुद्ध भएको छ । आगलागीबाट सबस्टेशनमा रहेका धेरै उपकरण तथा सामग्री क्षति भए पनि हालसम्म क्षतिको विवरण यकिन गर्न नसकिएको प्रमुख पोखरेलले बताए ।