काठमाडौं । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्र अन्तर्गतको १३२/११ केभी न्यू–भरतपुर आपटारी सबस्टेसनमा आगलागी भएको छ ।
सबस्टेसनको ११ केभी प्यानलमा आगलागी भएको वितरण केन्द्र प्रमुख राजिव सिंहले बताए । ‘आगलागी हुँदा केन्द्र अन्तर्गतको विद्युत आपूर्ति बन्द छ,’ उनले भने, ‘अहिले क्षेत्रपुर, देवघाट र गणेस्थान फिडर वैकल्पिक मार्गबाट पुरानो बसेनी स्थित १३२/११ केभी भरतपुर सबस्टेसनबाट सेवा सुरु गर्ने तयारी भइरहेको छ ।’
औद्योगिक–३ बेलचोक–बाह्रघरे–रामघाट–शिवघाट तर्फको लाइन भने बन्द रहने केन्द्रले जनाएको छ । सबस्टेसनको मर्मत गर्ने कार्य भइरहेको छ । सबस्टेसन मर्मत गरी सञ्चालनमा नआएसम्म अन्य लाइनमा पनि समस्या आउन सक्ने केन्द्रले जनाएको छ ।