विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दाङको तुलसीपुरमा स्थानीयको लापरबाहीका कारण सबस्टेसनमा जडित पावर ट्रान्सफर्मर जलेको छ । हाब्रेबाट तुलसीपुर सबस्टेसनसम्म आउने ३३ केभी प्रसारण लाइनमा स्थानीयले फालेको फलामको साङ्लो गएर अड्किँदा सबस्टेसनमा जडित पावर ट्रान्सफर्मर चलेर क्षतिग्रस्त भएको हो ।

प्रसारण लाइनमा कुकुर बाँध्ने फलामको साँङ्लो अड्किएपछि ७/८ एमभिएको पावर ट्रान्सफर्मर जलेर काम नलाग्ने भएको प्राधिकरण तुलसीपुर वितरण केन्द्र प्रमुख जगन्नाथ लामिछानेले बताए । ‘तुलसीपुर उपमहानगरपालिका–९, दोधारेका एक जना स्थानीयले प्रसारण लाइनमा फलामको साङ्लो फालेका रहेछन्,’ उनले ऊर्जा खबरसँग भने, ‘त्यो साङ्लो प्रसारण लाइनमा अड्किँदा पावर हाइ हुन गई ट्रान्सफर्मर नै जल्यो ।’ 

उनले हाब्रेबाट तुलसीपुर आउने लाइनको ३ वटा मध्ये २ वटा तारमा साङ्लो अड्किएको र त्यो अवस्थामा सबै पावर एउटा तारमा केन्द्रत भएपछि ट्रन्सफर्मर जल्न पुगेको बताए । सबस्टेसनमा जोडिएको ट्रान्सफर्मर जल्दा प्राधिकरणलाई १ करोड रुपैयाँ बढीको आर्थिक नोक्सानी भएको छ ।

‘स्थानीय व्यक्तिले मादक पदार्थ सेवन गरी विद्युत प्रसारण भइरहेको तारमा कुकुर बाँध्नका लागि प्रयोग हुने साङ्लो फालेपछि तार एक–आपसमा जोडियो । प्रसारण लाइनको तार एकआपसमा जोडिँदा तुलसीपुर सवस्टेसनको ट्रान्सफर्मर जल्नुका साथै हापुरेको पावर ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ’ उनले भने ।

ट्रान्सफर्मर जल्दा लामो समयसम्म विद्युत सेवा अवरुद्ध भएको थियो । अहिले वैकल्पिक माध्यमबाट त्यस क्षेत्रको विद्युत आपूर्ति सुचारु गरिएको वितरण केन्द्रले जनाएको छ । 

नयाँ ट्रान्सफर्मर जडान गरी पुरानै अवस्थामा फर्किएर सेवा सुचारु गर्न एक साता लाग्ने लामिछानेले बताए । ट्रान्सफर्मर बर्दियाको गुलरीया वितरण केन्द्रबाट ल्याउनुपर्ने र पानी नपरेको समयमा मात्र जडान गर्नुपर्ने भएकाले समस्या समाधान गर्न समय लाग्ने उनले बताए ।

पछिल्लो समय मानवीय लापरवाहीका कारण विद्युत सेवा अवरुद्ध हुनुका साथै पोल, तार, क्वाइल, फिडरहरु समेत मर्मत गर्नुपर्ने अवस्था आइरहेको वितरण केन्द्रले जनाएको छ । यस वितरण केन्द्र अन्तर्गत अहिले ४५ हजार ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३