विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

स्याङ्जा (बाढखोला) । आज (सोमबार) अपरान्हदेखि आएको हावाहुरी र असिना पानीले जिल्लाका दर्जनौं ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको तुलनामा बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेडको क्षेत्रमा बढी समस्या देखिएको छ ।

हावाहुरीका कारण तार चुँडिने, ट्रान्सफर्मर जल्ने लगायतका समस्या बढिरहेका छन् । विद्युत् आपूर्ति अवरुद्ध भएका ठाउँमा मर्मत गरेर सक्दो चाँडो सेवा सुचारु गर्ने प्रयास भइरहेको प्राधिकरण स्याङ्जा वितरण केन्द्रका प्रमुख दीलिप मरासिनीले बताए । ‘प्राधिकरणको क्षेत्रमा त्यति समस्या देखिएको छैन तर बिपिसीले सेवा दिइरहेका ठाउँमा बढी गुनासो आउने गरेको छ,’ उनले सोमबार ऊर्जा खबरसँग भने, ‘प्रतिकूल अवस्थामा पनि हामीले कर्मचारी खटाइरहेका छौं ।’

मरासिनीका अनुसार अपरान्ह १२ बजेदेखि चर्को हावाहुरी र असिना पानीले जिर्ण वितरण लाइन, पोल लगायतका संरचनामा क्षति पुगेको छ । जिल्लामा प्राधिकरण, बिपिसी सहित सामुदायिक संस्थाहरूले पनि विद्युत् वितरणको काम गर्दै आएका छन् । सामुदायिक क्षेत्रमा अझ धेरै गुनासा आउने गरेको उनले बताए ।

जिल्लामा विद्युत् वितरण गर्ने ६ संस्थामध्ये ओकोभारा सामुदायिक विद्युत् उपभोक्ता समिति र सामुदायिक विद्युत् उपभोक्ता सहकारी संस्थाको क्षेत्रमा ट्रान्सफर्मर जलेका छन् । यिनको छिटो मर्मत गरेर सेवा सुचारु गर्ने प्रयासमा संस्थाहरू लागेको र त्यसमा प्राधिकरणले पनि सहयोग गरिरहेको मरासिनीले बताए ।

जिल्लामा प्राधिकरण अन्तर्गतका वितरण क्षेत्रमा करिब ३६० वटा ट्रान्सफर्मर जडित छन् । यस्तै, ३३/११ केभीका बाढखोला, राङ्खोला र मिर्मी सबस्टेसनबाट विद्युत् वितरण हुँदै आएको छ । उता मिर्दीमा रहेको बिपिसीको सबस्टेसनबाट पनि एउटा फिडर तानेर प्राधिकरणले विद्युत् उपलब्ध गराउँदै आएको छ ।

बिपिसीले गल्याङमा सञ्चालन गरिरहेको ९.४ मेगावाटको आँधीखोला जलविद्युत् केन्द्रको विद्युत् गल्याङ, वालिङ, भीरकोट नगरपालिका तथा पाल्पा र गुल्मीका केही क्षेत्रमा वितरण हुने गरेको छ ।

याे पनि पढ्नुहाेस् ः स्याङ्जामा शतप्रतिशत विद्युतीकरण, गुणस्तरीय आपूर्तिमा सुधार गरिँदै

जिल्लामा बिपिसीको बाहेक प्राधिकरणले आपूर्ति गर्ने विद्युत्को लोड अर्थात् माग करिब १३ एमभिएबराबरको छ । सबस्टेसनको क्षमता पनि पर्याप्त रहेको हुँदा विद्युत् प्रवाहमा कुनै समस्या नरहेको तर पहाडी जिल्ला भएको हुँदा दैनिक काम तथा समस्या देखिएका ठाउँमा भनेकै समस्या पुग्न नसकिएको मरासिनीको भनाइ छ ।

कामका लागि पहाडी जिल्लामा जान आवश्यक सवारी अर्थात् गाडी नरहेको हुँदा पनि गाउँगाउँमा पुगेर प्रणाली स्तरोन्नती गर्न समय लाग्ने गरेको उनले बताए । प्राधिकरणले अहिले राङखोला, बाढखोला र मिर्मी सबस्टेसनबाट विद्युत् प्रवाह गरिरहेको छ ।

यसैगरी, प्राधिकरणसँग विद्युत् किनेर सामुदायिक संस्थाले पनि केही क्षेत्रमा आपूर्ति गरिरहेका छन् । वालिङ नगरपालिका अन्तर्गत माझकोट मनकामना सामुदायिक संस्था र विरुवा गाउँपालिका लगायतका क्षेत्रमा सामुदायिक संस्थाले विद्युत् बाँडिरहेका छन् । जिल्लामा प्राधिकरणका २८ हजार र सामुदायिकका १२ हजार ग्राहक छन् । यस्तै, विपिसीका करिब ३४ हजार ग्राहक रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit